ठग सहकारी विरुद्ध प्रहरीले मुद्दा चलाउन मानेन, बचतकर्ता आक्रोशित
परासी,२६ वैशाख । नवलपरासीमा रकम हिनामिना गरेको आरोपमा सदरमुकाम परासीस्थित जनजागृति बहुमुखी सहकारी संस्थाविरुद्ध प्रहरीले मुद्दा चलाउन नमानेपछि बचतकर्ताहरु आक्रोशित भएका छन् । जिल्ला प्रशासन कार्यालयले संस्थाविरुद्ध मुद्दा चलाउन दिएको लिखित आदेशलाई प्रहरीले बेवास्ता गरेको भन्दै आज बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका थिए ।
उनीहरुले फरार रहेका संस्थाका अध्यक्ष राजेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । चार महिनाअघि ३५ लाख रुपैयाँ ठगी गरेको भन्दै ५७ जना बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा यादवविरुद्ध उजुरी दिएका थिए ।
रकम फिर्ता गराउन पटक–पटक संस्थाका पदाधिकारी र बचतकर्ताबीच छलफल गराए पनि सहमति नभएपछि यादवविरुद्ध ठगी मुद्दा चलाउन प्रहरी कार्यालयमा पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । उनले प्रहरीले मुद्दा दर्ता नगरेर फाइल फिर्ता पठाएपछि आफू पनि आश्चर्यमा परेको समेत बताए ।
तर, नवलपरासीका प्रहरी प्रमुख विष्णुहरी गौतमले भने किटानी उजुरी नभएकाले मुद्दा चलाउन नसकिएको दाबी गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार