१७ वैशाख २०८३, बिहिबार

ठग सहकारी विरुद्ध प्रहरीले मुद्दा चलाउन मानेन, बचतकर्ता आक्रोशित

२०७१ वैशाख २६, शुक्रबार
ठग सहकारी विरुद्ध  प्रहरीले मुद्दा चलाउन  मानेन, बचतकर्ता आक्रोशित

परासी,२६  वैशाख  । नवलपरासीमा रकम हिनामिना गरेको आरोपमा सदरमुकाम परासीस्थित जनजागृति बहुमुखी सहकारी संस्थाविरुद्ध प्रहरीले मुद्दा चलाउन नमानेपछि बचतकर्ताहरु आक्रोशित भएका छन् । जिल्ला प्रशासन कार्यालयले संस्थाविरुद्ध मुद्दा चलाउन दिएको लिखित आदेशलाई प्रहरीले बेवास्ता गरेको भन्दै आज बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका थिए ।
 
उनीहरुले फरार रहेका संस्थाका अध्यक्ष राजेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । चार महिनाअघि ३५ लाख रुपैयाँ ठगी गरेको भन्दै ५७ जना बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा यादवविरुद्ध उजुरी दिएका थिए ।
 
रकम फिर्ता गराउन पटक–पटक संस्थाका पदाधिकारी र बचतकर्ताबीच छलफल गराए पनि सहमति नभएपछि यादवविरुद्ध ठगी मुद्दा चलाउन प्रहरी कार्यालयमा पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । उनले प्रहरीले मुद्दा दर्ता नगरेर फाइल फिर्ता पठाएपछि आफू पनि आश्चर्यमा परेको समेत बताए ।
 
तर, नवलपरासीका प्रहरी प्रमुख विष्णुहरी गौतमले भने किटानी उजुरी नभएकाले मुद्दा चलाउन नसकिएको दाबी गरे ।

अभिलेख

लोकप्रिय