इलाम पहिलोपटक स्वास्थ्य सहकारी संस्था दर्ता
इलाम, २५ वैशाख । यहाँका महिलाहरूले पहिलोपटक डिभिजन सहकारी कार्यालय इलाममा स्वास्थ्य सहकारी संस्था दर्ता गरेका छन् ।
तालिम प्राप्त स्वास्थ्य स्वयम्सेविका, अनमी, सिएमए तथा स्वास्थ्य क्षेत्रमै रहेर कार्य गरिरहेका २५ जना महिलाले दीर्घायु स्वास्थ्य सहकारी संस्था दर्ता गरेका हुन् ।
जितपुर, मङ्गलवारे, शान्तिडाँडा, धुसेनी, बरबोटे गाविसलाई कार्यक्षेत्र बनाएर स्वास्थ्य संस्था दर्ता गरिएको संस्थाकी अध्यक्ष हिमादेवी रायले बताउनुभयो । रु दुई लाख ४० हजार सङ्कलन गरेर संस्था दर्ता गरेका हुन् । संस्थामा नौजना सञ्चालक सदस्य रहेका छन् ।
स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने सरकारी, निजी तथा अन्य निकायसँग समन्वय गरी जिल्लाको भौगोलिक रूपमा विकट, दुर्गम, पछि परेको समुदाय र स्वास्थ्य सेवाबाट पहुँच पुग्न नसक्ने स्थानका बिरामीलाई स्वास्थ्य शिविरमार्फत सेवा दिने, परिवार नियोजन सेवा, मातृ शिशु सेवा, महिलाको आङ खस्ने समस्याको उपचार, पोषण सेवा, स्वास्थ्य शिक्षा तथा चेतना विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संस्था दर्ता गरिएको जानकारी अध्यक्ष रायले दिए ।
सहकारीमार्फत एम्बुलेन्स सेवा, अस्पताल तथा नर्सिङ होम स्थापना गरी दैनिक ३०० जना बिरामीको उपचार गर्ने, फार्मेसी सञ्चालन, सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गर्नेजस्ता स्वास्थ्य सेवा विस्तार र पूर्वाधार निर्माणमा काम गर्ने दीर्घकालीन उद्देश्य लिएको उनले बताए ।
स्वास्थ्य क्षेत्रलाई केन्द्रित गरी सहकारी संस्था स्थापना गर्नु उदाहरणीय काम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख माधवप्रसाद पोखरेलले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार