उपलब्धि सहकारीले यसरी मनायो आख्यान दिवस (फोटो फिचर सहित)
काठमाडौं, २५ वैसाख । आख्यानकार धु्रवचन्द्र गौतमद्वारा लिखित वञ्चक उपन्यास बिहीबार विमोचन भएको छ । उपलब्धि बचत तथा ऋण सहकारी संस्थाले प्रकाशन गरेको उक्त पुस्तकको विमोचन संस्कृतविद् सत्यमोहन जोशीले गरे । उपलब्धि बचत तथा ऋण सहकारी संस्थाले बैशाख २५ गतेलाई आख्यान दिवसको रुपमा मनाउने अभियानकासाथ आयोजना गरिएको एक कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्कृतविद् जोशीले उपलब्धि सहकारीले साहित्यको उत्थान गर्न सकेकोमा खुसी व्यक्त गरे । उनले नेपाली साहित्यलाई चिनाउन अनुवादमा जोड दिनुभयो । ‘अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्न सक्नेगरी साहित्य रचना गर्न सके देशको विकास हुने थियो’ उनले भने ।
त्यस्तै सोही अवसरमा रोशन थापा ‘निरव’को असह्य कथासंग्रह विमोचन गरिएको थियो । यसैबीच उपलब्धी बचत तथा ऋण सहकारी संस्थाले आख्यानकार धु्रवचन्द्र गौतमद्वारा स्थापना गरिएको दीप–गोविन्द स्मृति सम्मान (२०६९÷७०) बाट जलेश्वरी श्रेष्ठको नियति चक्र उपन्यास, बखतबहादुर थापाको कम्प्युटर आतंक कथासंग्रह, ध. च. गोतामे स्मृति सम्मान (२०६९÷७०) बाट रोशन थापा ‘नीरव’ को आवाजहरुको जङगल उपन्यास सम्मानित भएका छन् । त्यस्तै गोपाल गोतामे स्मृति सम्मान (२०६९÷७०) फूलमान बललाई पत्रकारितामा रहेर सिर्जनशिल काम गरेवापत सम्मान गरियो ।

संस्थाले उपलब्धि आख्यान दिवस पारेर पुस्तक विमोचन गर्नुका साथै पुरस्कार वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष देवराज शर्माले साहित्यको विकासका लागि उपलब्धिले साहित्य प्रकाशनमा विशेष ध्यान दिदैं आएको बताए । कार्यक्रममा सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले पुरस्कार कोषको स्थापना र विमोचित कृतिहरुको बारेमा प्रस्ट पारेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार