३ कात्तिक २०८३, सोमबार

रजिष्ट्रार न्यौपानेको विदाइ

२०७१ वैशाख २४, बुधबार
रजिष्ट्रार न्यौपानेको विदाइ

काठमाडौं २४ बैशाख । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएको छ । न्यौपानेको सरुवा भएपनि गृह मन्त्रालयको कुन निकायमा रहने विषयमा अझै टुङ्गो लागेको छैन । सहकारी विभागले आज एक कार्यक्रमको आयोजना गरी न्यौपानेको विदाइ गरेको छ ।
विदाइ कार्यक्रममा बोल्दै न्यापानेले आफ्नो धरातलमा रहेर काम कारबाही गर्न गर्न कर्मचारीहरुलाई सुझाव दिएका छन् । आफ्नो कार्यकालमा सहकारी देखिएका केही विकृती र विसङ्गतीलाई सुधार गरेको दाबी गर्दै उनले अब आउने रजिष्ट्रारले यसमा गम्भीर भएर लाग्नुपर्ने बताए । न्यौपानेले विभिन्न क्षेत्रबाट दवाव आएपनि आफू हलचल नभएको बताए । नबिराउनु, नडराउनु, गल्ती गर्न हुदै“न, कसैको दवावमा परेर मैले कहिल्यै काम गरिन’ उनले भने ।

कार्यक्रममा विभागका उपरजिष्ट्रार उपेन्द्र ढुंगाना,कृषि अर्थविज्ञ विष्णु घिमिरे, सहकारी प्रशिक्षण केन्द्रका प्रार्चाय गणेश अर्याल, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्लीप्रसाद सापकोटालगायतले मन्तव्य राखेका थिए ।

अभिलेख

लोकप्रिय