२ कात्तिक २०८३, आईतवार

बढ्दैछन् कृषि सहकारी

२०७१ वैशाख २३, मङ्गलबार
बढ्दैछन् कृषि सहकारी

बाँके २३ बैशाख । बाँकेमा सञ्चालित अवस्थामा रहेका अधिकांश सहकारीहरु मध्ये कृषि क्षेत्रस“ग सम्बन्धित काम गर्ने सहकारी संस्थाहरु बढ्दै गएको जिल्ला सहकारी संघ बा“केको एक तथ्यांकले देखाएको छ ।

जिल्ला सहकारी संघ बा“केमा आबद्ध रहेका ३ सय ५० सहकारी मध्ये १ सय ५० भन्दा बढी सहकारी संस्थाहरुले कृषि क्षेत्रको उत्थान, उत्पादन, प्रवद्र्धन तथा आधुनिकिकरण सम्बन्धी कार्यहरु गरिरहेको सहकारी संघ बाँकेले जनाएको छ ।

जिल्ला सहकारी संघ बा“केमा बहुउद्देश्यीय ९०, बचत तथा ऋण सम्बन्धी काम गर्ने ७५ तथा अन्य विकास निर्माण सम्बन्धी काम गर्ने ३५ वटा सहकारी संस्थाहरु रहेका छन् । सहकारीलाई बचत जम्मा गर्न र ऋण प्रवाह गर्ने संस्थाका रुपमा मात्र बुझ्दै आएका अधिकांश ग्रामीण क्षेत्रका कृषकहरु जिल्लामा सञ्चालित कृषि सहकारीहरु मार्फत ठूलो संख्यामा लाभान्वित बन्दै गएको र सहकारी मार्फत कृषि क्षेत्रको विकास प्रवद्र्धन गरी जीवन स्तर उकास्न सकिने विषयमा आशावादी बन्दै गएको जिल्ला सहकारी संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय