१९ वैशाख २०८३, शनिवार

झापाका सत्तरी वटा सहकारीलाई कारबाहीको तयारी

२०७१ वैशाख २३, मङ्गलबार
झापाका सत्तरी वटा सहकारीलाई कारबाहीको तयारी

ती सहकारीले समयमा वार्षिक प्रतिवेदन तथा मासिक प्रतिवेदन समेत नबुझाएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।
लामो समयदेखि निस्क्रिय रहेका ती सहकारीलाई डिभिजनले पटकपटक ताकेता गर्दासमेत साधारणसभा गरेका थिएनन् । डिभिजन सहकारी कार्यालय झापाका प्रमुख नेत्र घिमिरेले समयमा साधारणसभा सम्पन्न गर्न नसक्ने र प्रतिवेदन नपठाएका सहकारीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
उनले ३० दिनभित्र सम्पर्कमा नआएका सहकारीलाई दर्ता खारेजीसम्मको कारबाही गर्ने तयारी रहेको बताए। डिभिजन सहकारी कार्यालयले ३० दिने सार्वजनिक सूचना जारी गरी आवश्यक प्रमाणसहित सम्पर्कमा आउन भनेको छ ।
यसरी सम्पर्कमा आउन भनिएका सहकारीमा लक्ष्मी बेराङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दमक, नारी एकता बचत तथा ऋण ससंलि, दमक ६, दीपज्योति बचत तथा ऋण ससंलि, दमक ७, विश्वासीलो बचत तथा ऋण ससंलि, दमक १४, छरछिमेकी बचत तथा ऋण ससंलि, दमक १४, कोहीनुर बचत तथा ऋण ससंलि, दमक १३ रहेका छन् ।
त्यस्तै कोहीनुर बचत तथा ऋण ससंलि, दमक १३, न्यू युनाइटेड ससंलि, दमक १, विष्णुलक्ष्मी बचत तथा ऋण ससंलि, दमक १३, विष्णुलक्ष्मी बचत तथा ऋण ससंलि, दमक १३, भाग्योदय बचत तथा ऋण ससंलि, शिवगञ्ज १, शुभकामना बचत तथा ऋण ससंलि, दमक ११, बैगुनधुरा बचत तथा ऋण ससंलि, बैगुनधुरा ३, महिला मिलन बचत तथा ऋण ससंलि, लखनपुर, सहयोगी बचत तथा ऋण ससंलि, गौरादह २, ग्रामीण विकास बचत तथा ऋण ससंलि, गौरादहसहितका सहकारीलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरिएको छ ।
यसैगरी महिला जागरण, चन्द्रसूर्य, दलित जागरण सहकारी संस्था दमक १४, पञ्चमुखी उपभोक्ता सहकारी संस्था दमक, उँ जनहितकारी सहकारी संस्थाले पनि साधारणसभा नगरेकाले सम्पर्कमा आउन निर्देशन दिइएको छ ।
प्रमुख घिमिरेले यी सहकारीले पटकपटक सूचनालाई बेवास्ता गरेर निर्देशन पालन नगरेका कारणले सूचित गरिएको जानकारी दिए। झापामा ७८० वटा सहकारी संस्था रहेका छन् । तीमध्ये ११३ वटा सहकारी संस्था दमकमा क्रियाशील रहेका छन् ।

दमक, २४ वैशाख । झापाका ७० वटा सहकारी संस्थाले समयमा वार्षिक साधरणसभा तथा प्रतिवेदन नबुझाएको भन्दै डिभिजन सहकारी कार्यालयले कारबाही सुरु गरेको छ ।

अभिलेख

लोकप्रिय