सहकारीले सञ्चालन गरेका सुपथ मुल्य पसल ठेक्कामा सञ्चालन
गोरखा, २२ वैशाख – गोरखाका विभिन्न उपभोक्ता सहकारीले सञ्चालन गरेका सुपथ मुल्य पसल ठेक्कामा सञ्चालन गर्न थालिएको छ ।
धमाधम बन्द हुन थालेका कतिपय सहकारी ठेक्कामा सञ्चालन भैरहेको उपभोक्ता सहकारी संघ गोरखाले जनाएको छ ।
डिभिजन सहकारी कार्यालय दमौलीमा दर्ता भएका ६३ मध्ये ५२ सहकारीले मात्रै सुपथ मुल्य पसल सञ्चालन गरेका थिए । तिमध्ये हाल करीब २५ वटा पसलमात्रै सञ्चालनमा रहेका छन् ।
सञ्चालनमा रहेका पसलको जिम्मा पनि निजी ब्यवसायीहरुलाई दिइएको उपभोक्ता सहकारी संघ गोरखाका सदस्य राजकुमार सुनारले जानकारी दिनुभयो । सुनार आफै आवद्ध घ्याल्चोकको लोकहरि उपभोक्ता सहकारी संस्थाले पनि आफ्नो पसल ठेक्कामा जिम्मा दिएको छ । निजी ब्यवसायीसँग प्रतिस्पर्धा गर्न नसकेपछि सुपथ मुल्य पसल बन्द भएको उहाँको भनाई छ ।
२०६६ सालमा तत्कालीन सरकारले ग्रामीण क्षेत्रका वासिन्दालाई सुपथ मुल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन प्रत्येक गाविसमा सुपथमुल्य सहकारी पसल खोल्ने अवधारणा ल्याएको थियो । त्यसै अनुसार सरकारले १ लाख रुपैयाँ अनुदान दिएर खुलेका गोरखाका यस्ता सहकारी मध्ये आधा जति बन्द भैसकेको जानकारी आएको जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम अर्यालले बताउनुभयो ।
सञ्चालकहरुले घाटा बढ्दै गएकाले पसल सञ्चालन गर्न नसकिएको उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्ण द्यौरालीले जानकारी दिनुभयो । धेरैजसो शेयर सदस्य कम भएका सहकारी बन्द भएको जिल्ला सहकारी संघको अनुमान छ ।
जिल्लामा सञ्चालित कति सुपथ मुल्यका सहकारी बन्द भए भन्ने बारे उपभोक्ता सहकारी संघ र डिभिजन सहकारी कार्यालयसँग पनि आधिकारीक तथ्याङ्क छैन । दुई वर्षसम्म निष्क्रिय रहेका सहकारीको दर्ता खारेज प्रक्रिया अघि बढाइने भएकाले यो आर्थिक वर्षको अन्त्यसम्ममा बन्दभएका त्यस्ता सहकारीबारे जानकारी आउने सहकारी अधिकृत गौतम भण्डारीको भनाई छ ।
सरकारले दिएको अनुदान रकम लिएर सुपथ मुल्य पसल सञ्चालन नगर्ने सहकारीसँग अनुदान रकम सरकारी बाँकी सरह असुल गर्ने ब्यवस्था छ । तर सञ्चालन भएर पनि विभिन्न कारणले बन्द भएका सहकारीलाई दिइएको सरकारी अनुदान रकम के गर्ने भन्नेबारे भने कतै केही पनि उल्लेख नभएको डिभिजन सहकारी कार्यालयले जनाएको छ । उज्यालो बाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार