यी हुन राष्ट्र बैंक ठग्ने ३८ सहकारी (नाम सहित)
काठमाडौं २२ बैशाख ।सर्वसाधारणको पैसा खाएर सहकारी संस्थाहरु बेपत्ता भएका खबर सार्वजनिक भइरहेका समयमा केही सहकारीले राष्ट्र बैंककै ऋण खाएर बेपत्ता भएको तथ्य खुलेको छ। ३८ सहकारी संस्थाहरुले नेपाल राष्ट्र बैंककै ऋण खाएर बेपत्ता भएका छन्।
राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार ३८ सहकारी संस्थाले १ करोड, ४८ लाख ९५ हजार रुपैयाँ ऋण लिएर बेपत्ता भएका हुन्। सहकारी संस्थाहरुले नेपाल राष्ट्र बैंक अर्न्तगतको लघुवित्त प्रवर्धन तथा सुपरीवेक्षण विभागले संचालन गरेको ग्रामीण स्वावलम्बन कोषको रकम खाएर भागेका हुन्।
सहकारी संस्थाका अगुवाहरु राष्ट्र बैंककोरकम खाएरभागेपछि सदस्यहरु समस्यामा परेको छ। राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई ८ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्मको विवरणअनुसार
ऋणको सावाँ–ब्याज नतिर्ने सहकारी संस्थाहरूमा प्रतिभा बचत तथा ऋण सहकारी सीतागन्ज सुनसरी, कालिकादेवी जनकल्याण बचत तथा ऋण सहकारी मालिका दैलेख, नारेश्वर बचत तथा ऋण सहकारी नारेश्वर गोरखा र खुर्काेट युवा क्लब बचत तथा ऋणसहकारी संस्था खुर्काेट पर्वत रहेका छन् ।
राष्ट्र बैंकबाट ऋण लिएर नतिर्ने अन्य सहकारी संस्थाहरूमा समुन्द्रेश्वरी महिला बचत
तथा ऋण सहकारी समुद्रटार नुवाकोट, नवबद्ध महिला बचत तथा ऋण सहकारी रालुकादेवी नुवाकोट, दुप्चेश्वरी महिला बचत तथा ऋण सहकारी राउतबेंसी नुवाकोट, भूमिस्थान महिला बचत तथा ऋण सहकारी राउतबेंसी नुवाकोट, कञ्चन बचत तथा ऋण
सहकारी महेन्द्रनगर कञ्चनपुर, ग्रामीण विकास बचत तथा ऋण सहकारी गौरादह झापा,
नमुना बचत तथा ऋण सहकारी पिपलाडी कञ्चनपुर, सिर्जनशील बचत तथा ऋण सहकारी जोशीपुर कैलाली, महिला बहुउद्देश्यीय सहकारी पसा चितवन, पाथिभर्रा दुग्ध उत्पादक सहकारी भारपा पाँचथर र सूर्यगढी बहुउदेश्यीय सहकारी बागेश्वरी नुवाकोट रहेका छन् ।
समयमै ऋण नतिर्ने अन्य सहकारी संस्थाहरूमा अरुण बहुउदेश्यीय सहकारी खाँदबारी संखुवासभा, सिकारा बहुमुखी सहकारी भण्डारा चितवन, प्रगतिशील बचत तथा ऋण सहकारी बुखेल ललितपुर, आदिवासी आयआर्जन बचत तथा ऋण सहकारी नेटा लम्जुङ, बागमती बहुउद्देश्यीय सहकारी बनेपा काभ्रे, जागेश्वरी नारी चेतना बचत तथा ऋण सहकारी मेलम्ची सिन्धुपाल्चोक र सगरमाथा बहुमुखी सहकारी संस्था रूपनगर सप्तरी रहेका छन् । अन्य सहकारी संस्थाहरूमा जनता दुग्ध उत्पादक सहकारी दूराडाँडा लमजुङ, किसान बचत तथा ऋण गैंडाकोट नवलपरासी, सूर्योदय दुग्ध उत्पादक सहकारी चारपाने झापा, रेडियन्ट सेभिङ एन्ड क्रेडिट सहकारी नयाँपाटी काठमाडौं, सचेतना महिला विकास
बचत तथा ऋण सहकारी थानसिंह नुवाकोट, कालिका आयआर्जन बचत तथा ऋण सहकारी ताघ्रिङ लमजुङ, नवपालुवा बचत तथा ऋण सहकारी घोराही दाङ र विश्वज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था सिम्पानी मकवानपुर रहेका छन् ।राष्ट्र बैंक स्रोतले दिएकोजानकारीअनुसार समयमै कर्जा तिर्न नसक्ने अन्य सहकारी संस्थाहरूमा डाँडापारि बहुउदेश्यीय सहकारी फोक्सिङटार काभ्रे, जनकल्याण आयआर्जन बचत तथा ऋण सहकारी भुजहवा नवलपरासी, तीनधारा बहुउदेश्यीय सहकारी बन्दीपुर तनहुँ, ओम शिव बचत तथा ऋण सहकारी बुधबारेझापा र नवप्रभात स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी बेलुवा बर्दिया रहेका छन् ।
यस्तै, कर्जा नतिरी फरार हुने सहकारी संस्थाहरूमा न्यु जीवनज्योति बचत तथा ऋण
सहकारी मुडली पर्सा, महालक्ष्मी कृषि बहुउद्देश्यीय सहकारी बसेरी धादिङ, दलित उत्थान बचत तथा ऋण सहकारी सिर्सिया पर्सा र सूर्यबचत तथा ऋण सहकारी संस्था
सुनावली जाजरकोट रहेका छन् । ( राजधानी)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार