३ कात्तिक २०८३, सोमबार

साकासको गुणात्मक विकास र एकीकरण अहिलेको आवश्यकता

२०७१ वैशाख २०, शनिवार
साकासको गुणात्मक विकास र एकीकरण अहिलेको आवश्यकता

बारा, २० बैशाख । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले बचत तथा ऋण सहकारीको गुणात्मक विकास र एकीकरण अहिलेको आवश्यकता रहेको बताएका छन् ।

बिहिबार पथलैयास्थित संगसंगै बचत तथा ऋण सहकारी संस्थाको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा पौडेलले उक्त कुरा बताएका हुन् ।

सहकारीहरुको संख्यात्मक वृद्धिले समुदायमार्फत वित्तिय परिचालन बढे पनि जोखिम र चुनौतिहरु थपिदै गएको बताउँदै पौडेलले दिगो विकास र संस्थागत क्षमता वृद्धिका लागि सहकारीहरुवीच एकीकरण अभियान चलाउनुपर्ने बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष तुलबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । वार्षिकोत्सवको अवसरमा अन्तरविद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरु, संस्थाका उत्कृष्ट कर्मचारीहरु र कारोवारकर्ताहरुलाई सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय