१ कात्तिक २०८३, शनिवार

सहकारीमा नियमन वढाउनु पर्छ

२०७१ वैशाख ४, बिहिबार
सहकारीमा नियमन वढाउनु पर्छ

मनोज आचार्य ‘खुरापाती हाकिम’ , हास्य कलाकार

मनोज आचार्य हास्य कलाकारका रुपमा परिचित नाम हो । दर्जनौ नाटक, टेलिचलचित्र, फिल्ममा अभिनय गरेर लाखौमाझ चिनिएका उनी हाल नेपाल टेलिभिजनवाट प्रसारण हुने टेलिचलचित्र ‘जिरे खुर्सानी’ मा खुरापाती हाकिमका रुपमा परिचित छन । आचार्यले १९ वर्ष सम्म नेपाल वैंकमा जागिरे भए भने एभरेष्ट क्यासिनोमा समेत उनले जागिर खाए । लामो वैंकिङ अनुभव भएका उनी अहिले जनस्वीकर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।

लामो समय वैंकिङ क्षेत्रमा जागीरे जीवन विताएका उनले सहकारीको माध्यमवाट समाजमा छरिएर रहेको पुँजी संकलन गर्ने र निम्नवर्गियको आयाआर्जनमा सहयोग पुग्ने गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने उद्धेश्यले नै सहकारीमा आवद्धता भएका रहेछन । वैंकमा जागिरे भएपनि सहकारी क्षेत्रलाई त्यती वुझन नसकेका आचार्य कलकारितासंगै विभिन्न सहकारी संस्थाका कार्यक्रममा सहभागिता जनाउन थालेपछि थप जिज्ञासा र उत्साह पलाएको रहेछ । मुलुकमा सहकारी स्थापनाको क्रम वढ्दै गएको अवस्थामा साथी दिनेश पन्तले उनलाइ पनि सहकारी खोल्न थप प्रेरित गरेका रहेछन ।

सानो पुँजीमा उद्यम गर्न चाहने व्यक्तिका लागि निक्कै सहयोगी वन्न सक्ने भएकाले उनले पनि सहकारीमा उपस्थिती जनाएको वताए । आयआर्जनको भरपर्दो र विश्वासिलो माध्यम वन्न सक्ने र अफ्ठेरोमा ऋण समेत पाइने भएपछि २५ जना साथीहरुलाइ समेटेर आचार्यले सहकारी स्थापना गरेको वताए । २०६७ जेठ १३ गते विधिवत रुपमा दर्ता भएको सो सहकारीले तेस्रो वार्षिक उत्सव मनाइ सकेको छ । एक लाख सम्म विना धितो व्यक्तिगत जमानीमा ऋण प्रवाह गर्ने तथा आयआर्जनका लागि संचालित साना उद्यमीलाइ (किराना, कपडा, कपीसप, तरकारीलगायत) लगानी गरेको उनले जनाए । उनको सहकारीले अहिले करिव डेढ करोड लगानी छ भने ३ सय ४५ जना सदस्य आवद्ध छन ।

कलाकारितासंगै दिगो विकास र निम्नवर्गियमा आर्यआर्जन वढाउन सहयोगीको भूमिका निर्वाह गर्ने उनको उद्धेश्य अहिले पुरा भएको छ । सहकारीको भिड वढ्दै गएको र खराव मनासायले सहकारी खोल्नेक्रम वढ्दै जानुले निक्षेपकर्ताको ठूलो रकम फस्न थालेको उनको वुझाइ छ । तर, सहकारीका सदस्यले समेत आफु सदस्य वनेको सहकारीको वारेमा वुझ्न नसक्नु, वुझ्न नखोज्नुले गर्दापनि अफ्टेरेमा पर्ने गरेको उनले वताए । भिड वढ्दै जादा नियमनकारी निकायले समेत विषेश निगरानी वढाउन नसक्दा हजारौ निक्षेपकर्ता डुव्न थालेको आचार्य वताउँछन ।

सहकारीको सिद्धान्त अनुसार चल्ने हरेक सहकारी पारदर्शि र सदस्यप्रति चिन्तित भएपनि वढ्दै सहकारी स्थापना हुनेक्रमलाइ नियन्त्रण नगरे आउदा दिनमा समस्या वढ्दै जाने पनि उनको वुझाइ छ । सहकारीको अध्यक्ष भएर विताएका ३ वर्ष समयमा आर्थिक उन्नतीको लागि नेपाल जस्तो मुलुकमा सहकारी संस्थानै उपयुक्त हुने अनुभव वटुलेपनि सहकारी संस्थाको लाइसेन्स वितरणमा कडाइ नगर्ने हो भने आउदा दिनमा आउने समस्या विकराल हुने संम्भावना समेत उनले औल्याए । सहकारीको नीति राम्रो भएपनि कार्यन्वयनमा समस्या रहेको उनको अनुभव छ । आकर्षक व्याज, छरितो र सुलभ सेवाकै कारण सहकारीमा सदस्य वढ्दै गएको उनको वुझाइ छ ।

विभिन्न सिप विकासका लागि महिला सदस्यलाइ तालिम, वृद्ध भत्ता, वालवचत, वृद्ध सदस्यलाइ दशै खर्च जस्ता काम आफ्नो सहकारीलै गर्दै आएको उनले वताए । सहकारी संस्था नाफा कमाउन मात्र नभइ समाजसेवा पनि हो भन्ने वुझेका आचार्यले केही समय भित्रै आफ्नो संस्थाले एम्वुलेन्स खरिदको तयारी गरेको जनाए । सदस्यकै हितकारी कार्यक्रम र योजना अघि वढाउने उनको उद्धेश्य रहेको छ । कमजोर आय भएकालाइ उद्यमशिलाको विकाससंगै आयआर्जनमा सहभागि गराएर समाज परिवर्तनको सोच समेत उनको छ ।

अभिलेख

लोकप्रिय