१ कात्तिक २०८३, शनिवार

सहकारी अभियानमा राजनीतिक प्रभाव

२०७१ वैशाख ४, बिहिबार
सहकारी अभियानमा राजनीतिक प्रभाव

मुलुकको सहकारी अभियान राजनीतिक प्रभावले ग्रस्त वनेको छ । अभियानले आधा सताव्दी पुरा गरिसकेपनि सोचे अनुसार विकास र विस्तार नहुनुमा राजनीतिक हस्तक्षेप प्रमुख कारक रहको देखिन्छ । यसै विषयमा केन्द्रित भएर संकलन गरेको सहकारी आवाज ।

‘विभाजित गर्न सक्ने खतरा वढ्दै जान्छ’

भीमप्रसाद गुरुङ

अध्यक्ष, कास्की वचत तथा ऋण सहकारी संघ

२०४८ साल अघि सरकार आफैले सहकारी चलाउंथ्यो । त्यो समयमा सरकारका मानिसहरुनै सहकारीमा हुन्थे । प्रजातन्त्र पछि मुलुकमा राजनीतिक पाटीको संख्या वढ्यो । सहकारी आन्दोलन पनि अघि वढ्दै गर्दा राजनीतिक दलका मानिसहरुनै आन्दोलनका नायक वने । जति सहकारी स्थापना हुदै गए त्यहा“ सवै किसिमका मानिसको प्रवेश भयो । सहकारी आन्दोलनलाइ राजनीतिले सहयोग गरेपनि अहिले हरेक संस्थामा दलका मानिसले भागवण्डा सुरु गरे । आन्दोलनको मर्म र भावना भन्दा पनि दलले आफ्नो मानिस छ, छैन भनेर हेर्ने अवस्था आयो । यसले सहकारी क्षेत्रलाई राजनीतिकरण गर्न खोजेको आभास हुन्छ । पार्टीको भागवण्डा हुदा यो क्षेत्र वुझेको र सक्षम मानिसले सहकारी आन्दोलनको नेतृत्व लिन पाउदैन । यसले समग्र सहकारी क्षेत्रलाई विभाजित गर्न सक्ने खतरा वढ्दै जान्छ ।

‘भागवण्डा अन्त्य हुनु जरुरी छ’

नेत्र रानाभाट

व्यवस्थापक, श्री मनकामना वचत तथा ऋण सहकारी संस्था

राजनीतिले राज्य संचालनको विधि भएकाले मुलुकको हरेक संरचना निमार्ण नै राजनीतिले गर्दछ । जहा“ सम्म सहकारीमा राजनीतिक प्रभावको कुरा छ, सहकारी आन्दोलनलाइ स्थापित गर्ने महत्वका साथ अघि वढाउने कामनै राजनीतिले गर्छ । राज्यले सहकारीलाई अहिले विकासको तेस्रो खम्वाको रुपमा लिएकाले पनि आन्दोलनलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने देखिन्छ । यद्यपी सहकारी क्षेत्रमा विज्ञ व्यक्ति नहुनु, सहकारी नीति स्पष्ट नहुनु तथा दक्ष जनशक्ति अभावका कारण समस्या देखिएका छन । तिनलाइ मुलुकको भाग्य भविष्य निमार्ण गर्ने राजनीतिक दलले नै समाधान गर्नुपर्छ । सहकारीमा वढ्दै गएको राजनीतिक भागवण्डा भने अन्त्य हुनु जरुरी छ ।

‘सहकारी विकासको वाधक राजनीति हो’

पुरुषेत्तम काफ्ले

अध्यक्ष, जिल्ला सहकारी संघ तनहु

सहकारी विकासको वाधक भनेकै राजनीति हो । यस क्षेत्रमा हुने अस्वस्थ राजनीतिले गर्दा मर्म र भावना अनुसार सहकारी आन्दोलन उचाइमा पुग्न सकेन । अझ पछिल्ला वर्षमा आएर राजनीतिक भागवण्डाको सिकार भए सहकारी । जुन दलको सरकार भयो, उसले आफ्ना कार्यकर्तालाई पैसा वाड्ने माध्यमको रुपमा सहकारी विस्तार गरेर विकृति ल्याउन थालेको छ । हिजो सहकारी आन्दोलनमा आएका मानिस राजनीतिमा लागेर मन्त्री भए पनि कर्मचारी तन्त्रकै कारण आन्दोलनले मुर्त रुप लिन सकेन । अहिले फेरी दलको भागवण्डामा सहकारी परेकाले समस्या निम्त्याउन खोजीरहेको छ ।

‘सहकारी आन्दोलन अघि वढ्न सकेको छैन’

प्रभा कोइराला

अध्यक्ष, कास्की जिल्ला सहकारी संघ

सहकारी आन्दोलनलाइ अघि वढाउन राजनीतिक प्रभावले असर गरेकै छ । हरेक सहकारी संघ, संस्थामा राजनीतिक दलका मानिसको हालीमुहाली भएकाले दु्रत गतिमा सहकारी आन्दोलन अघि वढ्न सकेको छैन । केन्द्रमा भन्दा पनि अझ वढी जिल्लातहमा सहकारीका हरेक गतिविधी राजनीतिक प्रभावमा पर्ने गरेका छन । सानो तिनो कार्यक्रम गर्दा पनि दलका मानिसलाई रिझाउनु पर्ने, उनीहरुको भावना अनुसार अघि वढ्नुपर्ने भएकाले प्रभावकारी रुपमा कार्यक्रम अघि वढाउन सकिने अवस्था छैन । अझ महिलाले नेतृत्व गरेका क्षेत्रमा सवै पाटीको विचार समेटेर मात्र जान सकिने अवस्था छ ।

अभिलेख

लोकप्रिय