२२ सय सहकारीले गरेनन् साधारणसभा
काठमाडौं ।डिभिजन सहकारी कार्यालयमा दर्ता भएका काठमाडौं जिल्लाका २ हजार २ सय सहकारी संस्थाले साधारणसभा नगरेको पाइएको छ । जिल्लामा ४ हजार २ सय प्रारम्भिक सहकारी संस्था रहे पनि २ हजार २ सय सहकारीले सहकारी अनुगमन तथा दर्ता मापदण्डको व्यवस्थालाई लत्याउँदै समयमै साधारणसभा नगरेका हुन् ।
डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख बलराम निरौलाका अनुसार साधारणसभा समयमा सम्पन्न नगर्ने संस्थालाई ठूलो कारबाही हुँदैन । मापदण्डले नियमित साधारणसभा नगर्ने संस्थालाई सरकारबाट उपलब्ध हुने सेवा–सुविधाहरू नदिने व्यवस्था छ । २ वर्षसम्म साधारणसभा नगर्ने सहकारीलाई खारेज गर्नेसम्मको व्यवस्था छ । तर, डिभिजन सहकारीले सो व्यवस्था कडाइका साथ लागू गर्न भने सकेको छैन ।
साधारणसभा सहकारीको सर्वोच्च मञ्च हो । सभाले नै पदाधिकारी चयनदेखि संस्था सञ्चालनका लागि आवश्यक योजना र नीति बनाउने गर्छ । संस्थाको विनियम संशोधन, ब्याजदर निर्धारण, बचत तथा ऋण नीति तय, वार्षिक नीति तथा कार्यक्रम, वासलात साधारणसभाले पास गर्नुपर्छ । त्यस्तै, कार्यकारी प्रमुखको पारिश्रमिकसमेत सोही साधारणसभाले तोक्नुपर्ने व्यवस्था छ । सहकारी मापदण्ड, २०६८ ले प्रारम्भिक सहकारी संस्थाले असोजभित्र, जिल्ला सहकारी संघले कात्तिक, केन्द्रीय सहकारीले मंसिर र राष्ट्रिय सहकारी संघले पुसभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको छ । सभामा १ हजारभन्दा बढी सेयर सदस्य भएका संस्थामा १० बराबर १ जना र १ जिल्लाभन्दा बढी कार्यक्षेत्र भएका संस्थामा भने १० प्रतिशत प्रतिनिधि सहभागी हुनुपर्ने व्यवस्था छ ।
निरौलाका अनुसार डिभिजन सहकारी कार्यालयले पछिल्लो समयमासाधारणसभा नगर्ने संस्थालाई कडाइ गर्न थालेको छ ।
डिभिजन सहकारी कार्यालय काठमाडौंबाट दर्ता भएका सहकारी संस्थाहरूमध्ये २ हजार १ सय सहकारीले मात्र लेखापरीक्षणको स्वीकृति लिएका छन् ।
यो वर्ष झन्डै २ हजार ३ सय सहकारीले लेखापरीक्षणको स्वीकृति लिएका छैनन् । स्वीकृति लिएका सहकारीमध्ये पनि केहीले अझै प्रतिवेदन बुझाएका छैनन् । आथिर्क वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षण स्वीकृति लिइसक्नुपर्छ । डिभिजन सहकारी कार्यालबाट लेखापरीक्षण स्वीकृति लिएपछि लेखापरीक्षण गरी साधारणसभाबाट पास गराई कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ ।
“असोज कटेपछि स्वीकृति लिने संस्थालाई जरिवाना लाग्छ, १ वर्षसम्म १ हजार ५ सय जरिवानाको प्रावधान रहेको छ,” निरौलाले २ वर्षसम्म विवरण नबुझाउने संस्था खारेजी प्रक्रियामा जाने बताए ।
साभार : कारोबार दैनिक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार