हातेमालो सहकारीद्वारा युवा स्वरोजगार लघु कर्जा वितरण
बारा, २ बैशाख । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषको लघुकर्जा अभिमुखीकरण तथा वितरण गरेको छ ।
स्वरोजगार कर्जा वितरण गर्दै बारा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साहले सहकारीले समुदायलाई संगठित गरेर उद्यम व्यवसाय सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका साहले सहकारीमार्फत स्वरोजगार कार्यक्रम सफल देखिएकोले जिल्लामा स्वरोजगारी र उद्यमशिलता प्रवद्र्धनका लागि उद्योग बाणिज्य क्षेत्र सहकारीसंग समन्वय र सहकार्य गर्न अग्रसर रहेको बताए ।
कार्यक्रममा बोल्दै हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संंघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले युवा तथा साना व्यवसाय स्वरोजगार कार्यक्रममा सहकारीमार्फत लगानी गर्ने नीति र लगानी रकम बढाउन आग्रह गरे । सहकारीले सिर्जना गरेको समुदाय, पूंजी, श्रम र शिपलाई स्वाधीन अर्थतन्त्रसहितको सवल राष्ट्र निर्माणमा सरकारले प्राथमिकता दिन जरुरी रहेको पौडेलले बताए ।
कार्यक्रममा युवा तथा साना व्यवसाय स्वरोजगार कोषका जिल्ला प्रतिनिधि कमल नेपाल, सिमरा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठ, औराहा पशुपालन कृषि सहकारी संस्थाका थानेश्वर पाध्या, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका कमला घिमिरे, सिमरा उद्योग बाणिज्य संघका दिपक सिंखडा, हातेमालो सहकारीका उपाध्यक्ष बिनोद कलवार, कोषाध्यक्ष शिव वाग्लेलगायतले मन्तव्य राखेका थिए ।
संस्थाले तेस्रो किस्ता अन्तरगत आज १८ सदस्यहरुलाई २० लाख रुपैया बितरण गरेको छ । यसअघि संस्थाले पैतीस जनालाई तीस लाख रुपैया बितरण गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार