सहकारी नै स्थानीयहरूको बैंक
बैतडी, २ वैशाख । आवश्यक परेका बेलामा एक लाख ५० हजारसम्म सस्तो ब्याजदरमा ऋण सहयोग गर्न थालेपछि सहकारी नै स्थानीयहरूको बैंक बनेको छ ।
एकदशक अघि बैतडीको पुरचौडी हाटबाट विस्थापित भएको नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकको अभाव भोग्दै आएका स्थानीय बासिन्दालाई अहिले सहकारीले राहत प्रदान गर्दै आएको छ ।
विसं २०६४ मा स्थापना भएको कोपिला बचत तथा ऋण सहकारीले सस्तो व्याजदरमा ऋण दिन थालेपछि सहकारी नै स्थानीयहरूको बैंक बनेको हो । सहकारीमा हालसम्म २ सय ६० जना सेयर सदस्य रहेका छन् भने करिब २८ लाख ऋण लगानी गरेको सहकारीकी सदस्य रायमती धानुकले बताए ।
नियमित बचत गरी कार्य क्षेत्र विस्तार गर्दै गएको सहकारीले अहिले स्थानीयका लागि विस्थापित बैंकको ठाउँमा राहत प्रदान गर्दै आएको सहकारीका सचिव पुष्कर धानुकले बताए ।
सरकारले एक लाख अनुदान दिन थालेपछि जिल्लाका ६२ गाविसमा स्थापना भएको विभिन्न सहकारी निष्क्रिय भएका बेला सो सहकारी संस्था भने फस्टाउँदै गएको छ ।
सहकारीबाट ऋण लिएर हाट, कोटिला र मल्लादेहीका दर्जनौं बासिन्दाले आआफ्नो व्यवसायसमेत सुरु गरेका छन् । व्यापार व्यवसाय, कुखुरापालन, तरकारीखेती, घरेलु उद्योगलगायतका क्षेत्रमा सहकारीले लगानी गरेको छ भने आवश्यक परेको समयमा सेयर सदस्यले चाहेअनुसारको ऋणसमेत पाउने गरेको सचिव धानुकको भनाइ छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार