जनहित सहकारीमा नयाँ नेतृत्व
कटारी ,२९ चैत ।जनहितकोष बहुमुखि सहकारी संस्था लिमिटेड , कटारी , उदयपुरको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाका कार्यावाहक अध्यक्ष नारायण प्रसाद अधिकारीको सभापतित्वर ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख अधिकृत विकास सुन्दासको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि सुन्दासले कार्यक्रममा वोल्दै समग्र राष्ट्रविकासमा सहकारीले ठुलो भुमिका खेल्नुका साथै गरीवी निवारणमा समेत सहयोग गरेको वताए ।
त्यसै गरी उदयपुर उद्योग वाणीज्य संघका सदस्य पवन श्रेष्ठले सहकारीमा एकता कायम हुनु पर्ने वताए । सहकारीमा एकता नभए सहकारीको विकास सम्भव नहुने श्रेष्ठको भनाई थियो । कार्यक्रममा कटारीका संघ–संस्थाका प्रमुखहरु , सदस्यहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीमा आवद्ध भएर योगदान दिएवापत विभिन्न ब्यक्तिहरुलाई प्रसंसा पत्र समेत वितरण गरेको थियो ।
साधारण सभाले संस्थाको नयाँ नेतृत्व समेत चयन गरेको छ । जसमा अध्यक्ष कुमार सिंह राई , उपाध्यक्ष नारायण प्रसाद अधिकारी , सचिव गोपालकुमार दनुवार कोषाध्यक्ष मुकेश थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा माला तामाङ्ग , मनवहादुर राई , वावुराम कार्की , शंकर वहादुर कार्की ,र दुर्गानारायण श्रेष्ठ रहनु भएको छ । त्यस्तै लेखा समिति संयोजकमा धर्मशेर लिम्वु , ऋण समिति संयोजकमा त्रिभुवन दाहाल , केवल समिति संयोजकमा पदमराज कायस्थ चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार