१ कात्तिक २०८३, शनिवार

जनहित सहकारीमा नयाँ नेतृत्व

२०७० चैत २९, शनिवार
जनहित सहकारीमा  नयाँ नेतृत्व

कटारी ,२९ चैत  ।जनहितकोष बहुमुखि सहकारी संस्था लिमिटेड , कटारी , उदयपुरको नवौं साधारण सभा  सम्पन्न भएको छ । संस्थाका कार्यावाहक अध्यक्ष नारायण प्रसाद अधिकारीको सभापतित्वर ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख अधिकृत विकास सुन्दासको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि सुन्दासले कार्यक्रममा वोल्दै समग्र राष्ट्रविकासमा सहकारीले ठुलो भुमिका खेल्नुका साथै गरीवी निवारणमा समेत सहयोग गरेको वताए ।
त्यसै गरी उदयपुर उद्योग वाणीज्य संघका सदस्य पवन श्रेष्ठले सहकारीमा एकता कायम हुनु पर्ने वताए । सहकारीमा एकता नभए सहकारीको विकास सम्भव नहुने श्रेष्ठको भनाई थियो । कार्यक्रममा कटारीका संघ–संस्थाका प्रमुखहरु , सदस्यहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीमा आवद्ध भएर योगदान दिएवापत विभिन्न ब्यक्तिहरुलाई प्रसंसा पत्र समेत वितरण गरेको थियो ।
साधारण सभाले संस्थाको नयाँ नेतृत्व समेत चयन गरेको छ । जसमा अध्यक्ष कुमार सिंह राई , उपाध्यक्ष नारायण प्रसाद अधिकारी , सचिव गोपालकुमार दनुवार कोषाध्यक्ष मुकेश थापा रहेका छन्  । त्यसैगरी सदस्यहरुमा माला तामाङ्ग , मनवहादुर राई , वावुराम कार्की , शंकर वहादुर कार्की ,र दुर्गानारायण श्रेष्ठ रहनु भएको छ । त्यस्तै लेखा समिति संयोजकमा धर्मशेर लिम्वु , ऋण समिति संयोजकमा त्रिभुवन दाहाल , केवल समिति संयोजकमा पदमराज कायस्थ चयन भएका छन् ।

अभिलेख

लोकप्रिय