यसरी ठग्यो सहकारीले
नवलपरासी २८ चैत । जिल्लाका दुईवटा सहकारी संस्थाले बचतकर्ताको ७० लाखभन्दा बढी ठगी गरेको आरोप लागेको छ ।
यसरी ठगी गर्नेमा रामग्राम नगरपालिकाको जनजागृति बहुमुखी सहकारी संस्था र मेधावी कृषि सहकारी संस्था छन् ।
ठगी गर्ने दुवै सहकारी संस्थाको मुख्य कार्यालय सदरमुकाम परासीमा रहेको डिभिजन कार्यालयको दर्तामा देखिएको छ । ठगी गरेका मध्ये एउटा सहकारी संस्थाका तीनजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्को सहकारी संस्थाका सञ्चालकलाई पक्राउ गर्न प्रहरीले वास्ता नगरेको बचतकर्ताले गुनासो गरेका छन् । बचतकर्ताको उजुरीका अधारमा उनीहरलाई पक्राउ गरिएको प्रहरीेले जानकारी दिएको छ ।
रकम हिनामिना गरी ठगी गर्ने संस्थालाई कारबाहीको मागसहित गत आइतबार बचतकर्ताले आइतबार प्रशासन कार्यालय घेराउ गरे । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई उजुरी पनि दिए। उजुरीमा दुवै संस्थाले ३५/३५ लाख रुपैयाँ ठगी गरेको जनाइएको छ ।
प्रहरीले मेधावी संस्थाका तीन सञ्चालक पक्राउ गरेको हो । जनजागृतिका अध्यक्ष र व्यवस्थापकलाई पनि तत्काल पक्राउ गरी कारबाही गर्न बचतकर्ताले माग गरेका छन् । अन्नपूर्ण पोष्टबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार