२ कात्तिक २०८३, आईतवार

आदर्शमा सगरमाथा साकोस मोरङको टोली

२०७० चैत २८, शुक्रबार
आदर्शमा सगरमाथा साकोस मोरङको टोली

बागलुङ, २८ चैत । सगरमाथा बचत तथा ऋण सहकारी संस्था (साकोस) मोरङको एक टोलीले बिहीबार आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष चन्द्रप्रसाद भट्टराई, संस्थापक अध्यक्ष तेजकुमार रिजाल, पूर्व अध्यक्ष योगेन्द्रबहादुर थापा लगायत ३७ जनाको टोलीले धौलागिरिको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाको बारेमा जानकारी लिएको हो । अध्ययन अवलोकन गरेर सहकारी क्षेत्रका सकारात्मक कुराको प्रचार प्रसार र सुधार गर्नु पर्ने विषयलाई सुधार गर्न सहज हुने उदेश्यका साथ अध्ययन अवलोकन भ्रमणमा आएको संस्थापक अध्यक्ष तेजकुमार रिजालले जानकारी दिए । सहकारी संस्थाहरुको अध्ययन अवलोकन भ्रमणले सहकारी क्षेत्रको विकासका साथै पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

भ्रमणका क्रममा सगरमाथा साकोसका बारेमा संस्थाका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले जानकारी गराएका थिए । २०५३ सालमा स्थापित सो संस्थामा ५ सय ३ शेयर सदस्य, पौने चार करोड शेयर रकम, ९ करोड लगानी रहेको उनले जानकारी दिए । २०५८ सालदेखि नै एम्बुलेन्स सेवा प्रदान गर्दै आएको संस्थाले रक्तदान लगायतका सामाजिक कार्य निरन्तर रुपमा गर्दै आइरहेको छ ।

अभिलेख

लोकप्रिय