२ कात्तिक २०८३, आईतवार

सहकारी लेखा व्यबस्थापन तालिम शुरु, व्यवस्थित हिसाब राख्न सहयोग पुग्ने अपेक्षा

२०७० चैत २७, बिहिबार
सहकारी लेखा व्यबस्थापन तालिम शुरु, व्यवस्थित हिसाब राख्न सहयोग पुग्ने अपेक्षा

मकवानपुर, २७ चैत । जिल्ला विकास समितिको आर्थिक सहयोग, डिभिजन सहकारी कार्यालयको आयोजना तथा जिल्ला सहकारी संघ मकवानपुरको समन्वयमा ६ दिवसीय सहकारी लेखा व्यबस्थापन तालिम बुधबारबाट शुरु भएको छ ।

तालिमको बारेमा जानकारी दिदैं डिभिजन सहकारी कार्यालयका प्रमुख भीम परियारले यस तालीममा सहकारी लेखा संग सम्वन्धित २४ वटा विबिध विषयमा प्रशिक्षण हुने बताए । तालिमको सहजीकरण जिल्ला सहकारी संघ मकवानपुर, डिभिजन सहकारी कार्यालय, जिल्ला विकास समितिका पदाधिकारीहरुले गर्ने छन् ।

यस अघि हेटौडा नगर र नगर आसपासका गाविसका २५ वटा सहकारी संस्थाका पदाधिकारीलाई लक्षित गरि तालिम संचालन गरिएकोमा यो दोस्रो तालिम हो । यसै गरी आगामी दिनमा जिल्लाको पूर्वी क्षेत्रमा पनि संचालन गरिने लक्ष्य रहेको कुरा परियारले बताए । जिल्लामा संचालनमा रहेका सहकारी संस्थाहरुले व्यवस्थित हिसाव नराखेकै कारण अपारदर्शी भएको उजुरी आउने क्रम यस तालिम पश्चात नियन्त्रण हुने विश्वास लिएको उनको भनाइ थियो ।

जिल्लाको पश्चिमी क्षेत्रमा संचालनमा रहेका मनहरी, राक्सिरांङ, सरिखेत, काँकडा, खैंराङ, वसामाडी, हाँडीखोला लगायत २५ वटा विभिन्न विषयगत प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापक तथा संचालक समितिका पदाधिकारीहरुको सहभागीता रहेको छ ।

अभिलेख

लोकप्रिय