२३ कात्तिक २०८३, सोमबार

पाठक प्रतिक्रिया : साच्चै ठगहरुको पहिचान गरियोस् !

२०७० चैत २५, मङ्गलबार
पाठक प्रतिक्रिया : साच्चै ठगहरुको पहिचान गरियोस् !

सम्पादक ज्यू

सहकारीखबर डट कम

सहकारीमा तपाई पत्रकारहरुले कलम चलाउन थालेपछि हामी सर्वसाधारणले सहकारीले कसरी ब्रम्हलुट गरिरहेका रहेछन् भन्ने थाहा पाउने मौका पाएका छौं । तपाईहरुलाई धन्यवाद छ । तर अन्याय नै लागेको कुरा यहाँ उठाएका छौं, कृपया सबैलाई जानकारी पुर्याउन अनुरोध छ ।

सरकारको आयोगले प्रकाशित गरेको सहकारी सूचीलाई ठग सहकारीको गणना गर्ने हो भने कम से कम यी सहकारीका मानिसले कुनेै नेता भएर अरुलाई अर्ती उपदेश दिदैं हिडेका त छैनन् । जे भए पनि सर्बसाधारणलाई ठग्ने सबैलाई कारबाही गरियोस् । तर सहकारीका नेता हौं भनि अर्ती उपदेश दिदैं हिड्नेहरुका सहकारीमा भएको ठगीलाई आयोगले दिएको लिस्टका सहकारीभन्दा महाठग भन्नु पर्ने हुन्छ । सहकारी संघ, सहकारी बैंक, नेफ्कुन र सबै जिल्लाका सहकारीमा नेता भएका मानिसका सहकारीको एक एक हिसाव निकालौं त कति ठगी मच्चाएका छन् । अनि सहकारीको अडिट गर्ने फटाहा अडिटरलाई किन नसमात्ने र सरकार, सहकारी विभाग, राष्ट्र बैंक, अडिटरका संगठन यस्ता कुरामा आखा चिम्लने गरेका कारण उनीहरु फटाहाका मतियार हुन कि होइनन् ?

यो प्रश्न तपाई पत्रकार साथीहरुले ती सबै जिम्मेवार पदमा रेहकाहरुलाई सोध्न र आम नागरिकका बीचमा सूसूचित गर्न अनुरोध गदैछांै । सहकारीका ठूला नेता हौ भन्ने सहकारीले ३० प्रतिशत भन्दा बढी ब्याज र जरीवाना लगाएर मानिसका घर जग्गा खाने गरेका घटनालाई कहिलेसम्म भइरहन दिने हो ?

सहकारी राम्रो हो भन्ने अनि लुट मच्चाइरहने ? लुटको राज चलाउन खोजेको र यस्तै राजमा मजा लिइरहेका मानिसहरुको जमातमा राजनीतिक नेताहरु पनि सामेल हुन आएका देखिन्छन । लुटाहालाई समाजसेवी भनेर लेख्ने पत्रकारहरु पनि कतै यिनीहरुका मतियार त बनिरहनु भएको होइन ?

गोपाल र साथीहरु

हाल : पुतलीसडक काठमाडौं ।

अभिलेख

लोकप्रिय