उ जन्मेपछि
जयराम दाहाल
ललितपुर कालेश्वर
उ जन्मेपछि
हिजोका ति
पूँजीपति वर्गहरुले
गरिव र निमुखामाथि
ऋणको चर्को व्याजले
सेकेको ढाड निको पार्न
ऋणको साँवा तिर्ने नसक्दा
साहुले खोसेको खोरिया बारी दिलाउन
साहुकै हाकि खाँदा खाँदै
निन्याउरो मौन र मलिन भएका
अनुहारमा स्वर्णीम अहा… दिलाउन
खडा भएको छ उ
न उसमा लोभ लालसा छ पूँजीपतिका झै
न सकैप्रति रिस डाहानै छ उसमा
निस्वार्थी छ उ, यसमा कुनै विमति छैन
किनभने
उ सात सिद्धान्तमा जेलिएको छ
सामतामूलक समाज निर्माण गर्न
कमजोर साथ हुनेको जिवनस्तर उकास्न
श्रमजीवी र पूँजीपतिको
वर्गिय विभेद अन्त्य गर्न
अनि
वित्तिय सेवाको खातिर
आर्थिक सशक्तिकरणको लागि जन्मियो उ
जसमा साझा आवश्यकता जोडिएको छ
उ आज देशकै अर्थतन्त्रको एक खम्बा बनेको छ
जुन विना अब अर्थतन्त्रनै धारा साहि छ
जो मिसिन्छ उसमा
मानौ उ स्वयम मालिक हुन्छ
हिजो उ नजन्मदा
वा जम्मेर गाउँ नपस्दा
साहुको ऋण खाने ऋणीहरु
पलपलमा मर्ने गर्थे
किनकी
उनीहरु दिनभरी काम गर्थे
रगत पसिना बगाउथे
तर विडम्बना
तिनै निरिहका रगत पसिना पुसेर
साहुसज आफ्नो प्यास मेट्थे
हो त्यतिबेला
पूँजिपतिकै ठूला चलखेल हुन्थ्यो
गरिब माथि जाल झेल हुन्थ्यो
तर पनि
मौन हुन्थे गरिबहरु
किनकि तिनको बोल्ने स्वास
गिद्दे साहुकोमा वन्दगी हुन्थ्यो
आफ्नो स्वास समेत
निखन्न नसक्ने अवस्थाका निमुखाहरु
बन्दगीमै रहेको खोरियाबारी कसरी निखनुन
त्यस्तै अवस्थालाई बुझेर
एकताको शन्देश बोकेर
जन्मेको हो उ
आज उ जन्मेपछि
निमुखाको बन्दगीको खोरिया निखनिएको छ,
चर्को ब्याजले मर्किएकोढाढ सोझिएको छ
मौन रहेका गलाहरु पनि आज
बुलन्दित भइ खुल्न थालेका छन्
दिनभर मरेर काम गर्नेहरु
कुनैन कुनै व्यावसायमा अवद्ध छन
मानौ आजसम्म पनि उ नजन्मेको भए
सायद अझै कति बाँचेरै मारिरहन्थे होला
नहोस
उ जन्मियो वखानका नामबाट
अनि जन्मिए अनेक अनेक नामबाट
शहरका ठाउँ ठाउँसम्म
अनि जन्मिए दुर दराजका गाउँ गाउँसम्म
हिजो जे थिएन उ नहुदा थिएन
आज जे छ उ जन्मेपछि छ
हिजोको उजाड र रोएको बस्ती
आज हासेको छ गाउँ सदर
हासेका छन् वस्तीहरु
छरिएको छ सबैको चेहरामा मुस्कान
हासेकै छ……. पनि,
जे जति भयो उ जन्मेपछि भयो
अबमात्र बाकि छ
उचाइ उसको ….. सम्म पूग्न
नपूगेको ठाउँसम्म पुग्न
आफै फुल्न फल्न र फैलन
अनन्त अनन्त सम्म
र रहिरहोस
जहिले सम्म रहि रहन्छन् चन्द्र र सूर्यहरु….।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार