८ असोज २०८३, बिहिबार

‘सहकारी सुशासनका लागि प्रभावकारी लेखा र व्यवस्थापन’

२०७० चैत २४, सोमबार
‘सहकारी सुशासनका लागि प्रभावकारी लेखा र व्यवस्थापन’

सिमरा, २४ चैत्र । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले सहकारी सुशासनका लागि प्रभावकारी लेखा र व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

आज कलैयामा आयोजित सहभागितामूलक लेखा तथा व्यवस्थापन तालीमको उदघाटन गर्दै पौडेलले उक्त कुरा बताएका हुन् । ‘सहकारी सिद्धान्त र व्यवसायिक मान्यताहरुको अभावका कारण पनि संघ÷संस्थाहरुमा समस्याहरु देखा परेको हो’ पौडेलले भने– ‘सहकारीलाई समुदायमा आधारित र सदस्यकेन्द्रीत बनाउन सबैले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा डिभिजन सहकारी कार्यालय बारा कलैयाका प्रमुख महेन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष शम्भु राम, सचिव सत्तेन्द्र ठाकुर, सहकारी निरिक्षकहरु मुरारी तिमल्सेना र प्रतिमा पाठकलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

६ दिन चल्ने तालीममा जिल्लाभरका ३० सहकारीकर्मीहरु सहभागी छन् । तालीममा डिभिजन प्रमुख महेन्द्र राउत र नेफ्स्कून सञ्चालक कृष्ण पौडेललगायतले सहभागीहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

अभिलेख

लोकप्रिय