८ असोज २०८३, बिहिबार

सहकारी कप चेसको उपाधि श्यामलाई

२०७० चैत २३, आईतवार
सहकारी कप चेसको उपाधि श्यामलाई

ललितपुर, २३ चैत्र । मच्छिन्द्र क्लब काठमाडौंका श्याम श्रेष्ठले दोश्रो सहकारी कप राष्ट्रिय चेस प्रतियोगिताको उपाधि प्राप्त गरेका छन् । उपाधिका लागि शनिबार सम्पन्न फाइनल खेलमा सुन्दर साकोस हेटौंडाका कृष्ण थापालाई सडेनडेथमा पछि पार्दै उनले १ लाख ६७ हजार रुपैंयाको मोटरसाइकल जितेका छन् ।

पहिलो लेगमा कालो गोटीबाट जीत हात पारेका श्याम दोश्रो लेगमा सेतो गोटीमा पराजीत भएपछि नतिजाका लागि अतिरिक्त ब्लिज खेल खेलाइएको थियो । ब्लिजमा पनि एकमा जीत र एकमा हार भएपछि सडेनडेथमा पुगेको हो । फाइनलमा पराजीत थापाले ६५ हजार रुपैंया बराबरको ल्यापटप प्राप्त गरे । त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा भेट्रान च्याम्पियन च्याम्पियन जनार्दन श्रेष्ठ लाई १.५ का विरुद्ध ०.५ अंक हात पार्दै मच्छिन्द्र क्लबकै विवेक थिङ तेश्रो भए । उनले ३५ हजार रुपैंया बराबरको ल्यापटप हात पारे ।

त्यस्तै जनार्दनले २० हजार नगद प्राप्त गरे । नकआउट चरण प्रवेश गर्न सफल गोल्डेनगेट कलेजका सुरवीर लामा, श्रीकरुणामय साकोस ललितपुरका केशव श्रेष्ठ, काठमाडौं क्लबका रिजेन्द्र राजभण्डारी तथा दर्पण साकोस दमकका भुपेन्द्र निरौला क्रमशः पाँचौं, छैटौं, सातों तथा आठौं भए । उता पहिलो महिला सहकारी चेसतर्फ गोल्डेनगेट कलेजकी मोनालिसा खम्बुले प्रथम हुदै ३५ हजार बराबरको ल्यापटप प्राप्त गरीन् । त्यस्तै गोल्डेनगेटकै बिना जयसवाल तथा तनहुँकी शान्ता थापा दोश्रो तथा तेश्रो भए ।

नियमित लिगतर्फ संकटा क्लबका नविन तण्डुकार पहिलो हुदै २५ हजार नगद प्राप्त गरे । त्यस्तै नेशनल डेभलपमेन्टका मनिष हमाल दोश्रो तथा मकवानपुरका धरम बहादुर लामा तेश्रो स्थानमा रहे । त्यस्तै काठमाडौंका राजेन्द्र बज्राचार्य, नेशनल डेभलपमेन्टका बद्रीलाल नेपाली, सर्लाहीका महेश थापा, नेशनल डेभलपमेन्टकै दिर्घराज जोशी, गोल्डेनगेट कलेजका हिमाल लामा तथा चौथो देखि आठौं स्थानमा रहे । पहिलो सहकारी कपका विजेता मदनकृष्ण कायस्थले नवौं स्थानमा चित्त बुझाए ।

त्यस्तै ललितपुरका राजन पुरी दशौं स्थानमा रहन सफल भए । प्रतियोगितामा विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रि माननीय पुरुषोतम पौडेल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुव बहादुर प्रधान लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिता ५७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति ललितपुरको आयोजना तथा ताम्राकार समाजको व्यवस्थापनमा चैत्र १६ गतेबाट संचालन भएको थियो ।

अभिलेख

लोकप्रिय