१७ वैशाख २०८३, बिहिबार

बागमती सफाइमा सहकारी पनि जुट्यो,

२०७० चैत २३, आईतवार
बागमती सफाइमा सहकारी पनि जुट्यो,

काठमाडौं, २३ चैत । राजधानीमा जारी वागमती सफाई अभियानमा विभिन्न संघ/संस्था, सरकारी निकाय, राजनीतिक दलका नेता लगायत विभिन्न निकायहरुको सहभागीता जनाइ रहेका छन् ।

यसै क्रममा सहकारी संघ/संस्थाले पनि सफाइ अभियानमा साथ दिएका छन् । ४७ औं हप्ताको बागमती सफाइ अभियानमा राष्ट्रिय सहकारी संघ र जिल्ला सहकारी संघ काठमाडौंले पनि सहभागीता जनाएका छन् ।

५७ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर गरीएको सरसफाइ कार्यक्रममा करीब १ सय ५० जना सहकारीकर्मीहरुको सहभागीता रहेको विश्वज्योती बचता तथ ऋण सहकारी संस्था (साकोस) का प्रबन्ध निर्देशन गोविन्द काफ्लेले जानकारी दिए ।

 बागमती सरसफइ अभियान अब प्रत्येक हप्ता सहभागीहुन आम सहकारीर्मीहरुलाई संविधानसभाका सदस्य तथा राष्ट्रिय सहकारीका अध्यक्ष केशब बडालले आग्रह गरेका छन् । आफुलाई पाएक पर्ने ठाउँमा गएर सफइ अभियानमा सहभागी हुन सबै सहकारीकर्मीहरुलाई उनको आग्रह थियो । बागमती सफाई अभियानमा लागेका  सहकारी अगुवा सहरी क्षेत्रमा देखिएको विकृतिलाई हटाउने अभियानमा कहीले लाग्लान ?

अभिलेख

लोकप्रिय