१७ वैशाख २०८३, बिहिबार

केन्द्रीय चिया संघमा पुनः दाहाल, चिया नीतिलाई संशोधन गरी कार्यान्वयन गर्न माग

२०७० चैत २३, आईतवार
केन्द्रीय चिया संघमा पुनः दाहाल, चिया नीतिलाई संशोधन गरी कार्यान्वयन गर्न माग

इलाम, २३ चैत । केन्द्रीय चिया सहकारी सङ्घको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पुनः गोविन्दप्रसाद दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

साधारणसभाले १६ सदस्यीय संघको कार्य समितिको चयन गरेको हो । संघको उपाध्यक्षमा राजेन्द्रकुमार जवेगु, महासचिवमा रवीन राई चयन भएका छन । त्यस्तै सदस्यहरूमा शंकर खनाल, इन्द्रबहादुर सारु मगर, गणेशप्रसाद ढुङ्गेल, रामचन्द्र दाहाल, लेखनाथ खतिवडा, सजना श्रेष्ठ, झुना तामाङ, सुरेन्द्रप्रकाश सुहाङलाई चयन गरिएको छ ।

अधिवेशनले चिरञ्जीवी कट्टेलको संयोजकत्वमा तीन जना लेखा समिति पनि चय गरेको छ । समितिको सदस्यहरूमा पदमबहादुर तामाङ र हर्कबहादुर तामाङ रहेका छन् । मेची अञ्चलका चारसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, उदयपुर र ललितपुर गरी १० जिल्लाका ८० वटा चिया सहकारी संस्था र पाँच वटा जिल्ला चिया सहकारी संघ यस केन्द्रीय चिया सहकारी संघमा आबद्ध छन् ।

साधारणसभाले राष्ट्रिय चिया नीतिलाई छिटोभन्दा छिटो संशोधन गरी कार्यान्वयन गरिनुपर्ने, चिया उद्योग तथा सहकारीलाई अनुदानको व्यवस्था गर्नुपर्ने, अक्सन बजारमा साना सहकारीलाई स्थान दिइनुपर्ने मागबारेमा सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

अभिलेख

लोकप्रिय