सहकारी पिडित ८५ वर्षीया घिमिरको बिलौना (भिडियो सहित हेर्नुस्)
काठमाडौं, २३ चैत । पुख्र्यौली घर जनकपुर भएपनि हाल थापाथलीमा बस्दै आएकी रत्नदेवी घिमिरेको साहरा भन्नु कोही छैन । उनले ८४ वर्ष उमेर पार गरी सकेकी छिन् । काम गर्न नसक्ने भएपछि उनी अहिले जोगी बनेकी छिन् ।
अरुबाट मागेर खाइ बचेको रकम विगत सात वर्षअघिदेखि नजिकै रहेको एक्जिम बहुउद्देश्यीय सहकारीमा पैसा जम्मा गर्दै आएकी थिइन । मागेर जम्मा भएको पैसा विश्वासीलो संस्था भनेर जम्मा गर्दै जाँदा झण्डै सात लाख जम्मा भएको उनी बताउँछिन् । तर, एक वर्ष देखि संस्थाका सञ्चालकहरु फरार भएको खबर उनको कानमा परेपछि उनी यतिबेला चिन्तित छन् । सहकारीका संचालक उनीहरुको पैसा फिर्ता गर्न सकेका छैनन् । बचत गर्दा गर्दै सावाँ ६ लाख रहेको र व्याज सहित गरेर ७ लाख भएको उनी दाबी गर्छीन । ‘मैले जीवनमा कमाएको पैसा त्यहि हो । ६ लाख जम्मा भएको थियो । १ वर्ष जती भयो व्याज पनि पाएको छैन’ उनले भनीन् ।
त्यस्तै थापाथलीस्थित एक मन्दिरमा बस्दै आएकी सन्यासी एक सय आठ बंगलामुखी बैरागी दासको ६ लाख रुपियाँ सोही सहकारीमा फसेको छ । ‘हामीहरुको चिहान किन्नु पर्छ । खाइ नखाइ त्यसैले पैसा जम्म गरेको थिए । धेरै समय भैसक्यो । अफिस पनि बन्द छ ।’ उनले बनिन्– ‘अफीसका हामीहरु पनि भेटिदैंन, कहाँ जाने मलाई थाहा पनि छैन । भगवानको नाम जप्दै बसेको छु ।’
भिडियो हेर्नुस्
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
