२३ कात्तिक २०८३, सोमबार

साझा यातायात सहकारीको आठौं साधारणसभा, २५ वटा बस थप्ने तयारी

२०७० चैत २२, शनिवार
साझा यातायात सहकारीको आठौं साधारणसभा, २५ वटा बस थप्ने तयारी

काठमाडौं, २२ चैत । साझा यातायात सहकारी संस्थाको आठौं साधारणसभामा सम्पन्न भएको छ ।

साधारणसभामा साझा यातायातले आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै क्षमता र सेवा विस्तारमा लागेको जनाएको छ । त्यस्तै कार्यक्रममा साझाका बस थप्ने तयारी भइरहको जानकारी दिइयो । विभिन्न वित्तिय संस्था र नगरविकास कोषबाट ऋण लिई २५ वटा बस थपेर सेवा विस्तार गर्ने लक्ष्य लिइएको संस्थाका अध्यक्ष कनकमणि दीक्षितले बताए ।

आगामी दिनमा साझा बसको सेवा विस्तार गरी विभिन्न जिल्ला सदरमुकाम, सार्क राष्ट्रका विभिन्न सहर र चीनको तिब्बतस्थित ल्हासासम्म पुर्याउने लक्ष्य रहेको साझा यातायातका कार्यकारी अधिकृत पद्मलाल महर्जनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमार्फत यातायात सञ्चालन गरेर साझाले सेवा र व्यवसाय दुवै रुपमा अनुकरणीय कार्य गरिरहेको बताए ।

सहकारी संस्था ऐनअनुसार विसं २०१८ फागुन ३ गते स्थापित साझाले बीचमा पटकपटक बन्द र सञ्चालन हुने क्रममा गत वैशाख १ गते १६ वटा नयाँ बस ल्याएर पुनः सेवा पुर्याइरहेको छ । साझामा नेपाल सरकारको ७२ प्रतिशत, विभिन्न सङ्घ÷संस्थाको सात प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर रहेको छ ।

अभिलेख

लोकप्रिय