१३ भदौ २०८३, शनिवार

मनाइयो सहकारी दिवस

२०७० चैत २१, शुक्रबार
मनाइयो सहकारी दिवस

झापा, २१ चैत । चैत्र २० गते धुलाबारीमा डिभिजन सहकारी कार्यालय र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा ५७ औ राष्ट्रिय सहकारी दिवस भव्यताकासाथ सम्पन्न गरियो ।

विभिन्न झाकी, सहकारी प्ले कार्ड र वाजागाजा सहित धुलावारी बजार परिक्रमा गरी पासाम ल्हामु स्मिृति प्रतिष्ठानमा गइ सभाकार्यक्रम गरिएको थियो । हरिचरण बानियाको अध्यक्षता, मीनराज कडेलको प्रमुख आतिथ्यता, सहकारी अधिकृत नेत्रप्रसाद घिमिरे र रामचन्द्र उप्रेतीको विशेष आतिथ्यता, विषयगत सहकारी संघका अध्यक्षहरु, नेपाल पत्राकार महासंघ झापाका अध्यक्ष भीम नेवाङ्ग, विषषयगत कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा विभिन्न सहकारीकर्मी, सहकारी संस्थाहरु तथा पत्रकारहरुलाई पुरस्कृत तथा सम्मानित गरियो ।

डिभिजन सहकारी कार्यालयले उत्कृष्ठ पत्रकारको रुपमा प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम र उत्कृष्ठ रेडियो पत्रकारको रुपमा ज्ञानेन्द्र निरौलालाई जनही पाँच हजार एक सय एक रुपैयाँ नगद सहित सम्मानपत्रद्धारा सम्मानित गरियो । पत्रकार ज्ञानेन्द्र निरौलाले सरगम रेडियो मार्फत सहकारी जागरण कार्यक्रम मार्फत सहकारीमा खोज अनुन्धान गरी सहकारीको गुणात्मक विकासमा सहयोग गरेको बताइयो भने राजेन्द्र गौतमले सम्पादकी मार्फत वा सहकारीका खोजमूकल समाचार सम्प्रेषण सहकारीको विकासमा महत्वपूण योगदान गरेको बताइयो ।

सहकारी व्यक्तित्वको रुपमा सिताराम पोख्रेल, उत्कृष्ठ संचालकको रुपमा महालक्ष्मी कृषि सहकारी संस्था धुलाबारीका अध्यक्ष दुर्गा खतिवडा, उत्कृष्ठ व्यवस्थापकको रुपमा सान किसान पृथ्वीनगरका देविप्रसाद कोइराला, कार्यालको तर्फवाट उत्कृष्ठ कर्मचारीको रुपमा स.नि. डिल्ली दाहाल, का.स.रामप्रसाद गौतम,उत्कृष्ठ लेखापरीक्षकको रुपमा हरिकिशोर आचार्य र संस्थाहरुबाट लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.अनारमनी, तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. दुवागढी, गणेश बहुउद्देश्यीय सहकारी संस्था लि. राजगढ, महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लि.अर्जुनधारा, श्रीकृष्ण सुपारी सहकारी संस्था लि.वुधवारे, मेची मासु उत्पादन तथा उपभोक्ता सहकारी संस्था लि. मेचीनगरपालिका, ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रगढी, जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था लि.जुरोपानी र साना किसान सहकारी संस्था लि. बैगुन्धारालाई सम्मानित तथा पुरस्कृत गरियो । यसै जिल्ला सहकारी संघले पनि विभिन्न सहकारीकर्मीहरु तथा सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ ।

सो कार्यक्रममा विशेष अतिथि रामचन्द्र उप्रेतीले सहकारीका सरोकारवालाहरुले सहकारीलाई सहकारीका रुपमा बुझी सोही अनुरुप सहकारी नीति कानुन निर्माण गरी सहकारी सिद्धान्तलाई व्यवहारमा रुपान्तरण गर्न जरुरी रहेको विचार राखे । सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले सम्मानित हुनेले सबै राम्रा काम ग−यो भन्नु भन्दा पनि हाम्रो सहकारी अभियान सिकाइको चरणबाट गुज्रिरहेकाले सबै ठीक काम मात्र उहाँहरुबाट भएको छ भन्ने होइन र सम्मानित नभएका अन्यले वेठीक काम गरियो अनि सम्मानित भइएन भन्ने सोच राख्नु हुदैंन भन्दै हाम्रा मूल्यांकनमा नजरमा नआएका संस्था सहकारीकर्मीहरुलाई हामीले गर्न बाकी अझै छ भन्ने प्रेरणा लिएर अगामी वर्षहरुमा सम्मानित भइन्छ मान्यताका आधारमा अगाडि बढुनुपर्दछ र सम्मानित हुनुहुनेहरुका लागि भने यो चुनौती हो किनभने यो सम्मानलाई बचाइ राख्नु कम कठिन हुनेछैन भन्ने विचार राख्दै आफूलाई झापाको सहकारी अभियानमा उदारणीय नमूना बनेर सहकारी अभियानमा योगदान गर्न उहाँहरुलाई थप प्रेरणा भन्ने शुभकामना राख्नुभयो र उहाँले पत्रकारिता क्षेत्र पवित्र भइदिने हो भने समाजमा देखिने यावत समस्याको गतिशील समाधान पत्रकारिता जगतमा हुन्छ किनभने समाजमा गलत कामको विरोध गर्ने नागरिकको आवज बोलिदिने भनकै पत्रकार जगतले हो ।

निजी क्षेत्रमा जस्तो पत्रकारले मालिक, उद्योगपतिको गुणगान भन्दा सहकारी क्षेत्रमा सहकारिता मार्फत गरिब किसान कसरी स्वरोजगार भयो, सहकारीले समाज रुपान्तरणमा कसरी योगदान ग−यो वा सहकारीमार्फत कसैले गैर सहकारी कामहरु कसरी गरेको छ भन्ने विषयमा खोजमूलक पत्रकारिता मार्फत सहकारीको गुणात्मक विकासमा योगदान दिने जगत पत्रकार भएकाले पत्रकारिता क्षेत्रलाई पनि सम्मानित गर्ने अवसर पनि हो जसले गर्दा पत्रकारिता भनेको सहकारीको गुणात्मक विकासमा सहयोगी अभिन्न अंग हो भन्ने पुष्टि गर्न सकोस र पुष्टि गर्नुमा आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरे ।

प्रमुख अतिथि मिनराज कडेलले भर्खरै नेपालले सहकारी महासम्मेलन सम्पन्न गरी ११ बुदे घोषणपत्र जारी गरेको जानकारी दिए । उनले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान गरेको अझै धेरै काम गर्न बाकी रहेकाले सबै सहकारीकर्मीहरुलाई सहकारीमर्म अनुसार संस्था सञ्चालन गर्न आग्रह गरे ।

अभिलेख

लोकप्रिय