उत्पादन र बजारीकरणमा सहकारीको भूमिका बढाउः कृषि मन्त्री
काठमाडौं,२१ चैत्र । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले आर्थिक विकासमा सहकारी महत्वपूर्ण मेरुदण्ड भएको बताउनुभएको छ ।
५७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काठमाडौंद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले राष्ट्रिय पूँजि निर्माणमा सहकारीले मूख्य भूमिका खेल्नुपर्ने बताउनुभयो । कृषि उत्पादनको व्यवसायिकरण गरेमात्र देशको दिगो आर्थिक विकास हुने उहाँको भनाइ थियो । सहकारीले औद्योगिक प्रतिस्थापन, पूर्वाधार, कृषिलागयत उत्पादन, प्रशोधन, बजारीकरणमा जोड दिनुपर्र्ने उहाँले बताउुभयो । सहकारीले स्वरुप परिवर्तन गरेर सामुहिक उत्पादानमा जान आवश्यक भएको बताउनुभयो । उत्पादन, कलेक्सन र बजारीकरणका लागि सहकारी छुट्टाछुट्टै रुपमा जानुपर्ने उहाँको भनाइ थियो ।
सहकारीले दिगो आर्थिक विकासका कार्यक्रम ल्याउन सके मात्र सहकारी सबल खम्बाकारुपमा स्थापित हुन सक्ने बताउनुभयो । विपन्नताले सामाजिक न्याय हुन नसक्ने भन्दै मन्त्री पराजुलीले सदस्यको आर्थिक सबलतामा जोड दिनुपर्ने बताउनुभयो । सहकारीले आर्थिक सबलता स्थापना गर्न नसके जतिसुकै राम्रो काननु बनाएपनि त्यसको उपलब्धी नहुने बताउनुभयो । सहकारीमा केही समस्या रहेपनि त्यसलाई निराकरण गर्न स्वंयम सदस्य चनाखो हुनुपर्नेमा मन्त्री पराजुलीले जोड दिनुभयो ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना-प्याक्ट-का कार्यकारी प्रमुख योगेन्द्रकुमार कार्कीले कुल ग्राहस्थ उत्पानदनमा कृषिको ३६ प्रतिशत हुनुमा सहकारीको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले गत वर्षसम्म २५ जिल्लामा सीमित भएको आयोजना अहिले ७५ वटै जिल्लामा पुगेको जानकारी दिनुभयो ।
डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख बलराम निरौलाले सहकारीको विकासका लागि आन्तरिक प्रणाली चुस्तदुस्त हुनुपर्नेमा जोड दिनुभयो । सहकारीको संख्यात्मकमा मात्र नभई गुणात्मक विकासका लागि एकीकरणमा जोड दिन आवश्यक भएको उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी संघका उपाध्यक्ष विजयराज घिमिरेले सहकारीको विकासका लागि सूचना, शिक्षा र तालिममा विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो । आउँदो ५ वर्षमा सहकारीले उल्लेख्य योगदान दिने उहाँको अठोट थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार