सहकारी दिवसको अवसरमा बिरामीहरुलाई फलफुल वितरण
सिमरा, १९ चैत्र । ५७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बारा जिल्ला बचत तथा ऋण सहकारी संघ र जीवन सहारा सहकारी कलैयाले जिल्ला अस्पताल कलैयाका बिरामीहरुलाई फलफुल वितरण गरेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेल, जिल्ला अस्पतालका प्रमुख डा. सुन्दरश्याम झा, डिभिजन सहकारी कार्यालयका प्रमुख महेन्द्र राउत, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, सचिव सत्तेन्द्र ठाकुर, जीवन सहारा सहकारीका लेखा संयोजक सुरेश मोदकलगायतले ४० जना बिरामीहरुलाई फलफुल वितरण गरेका हुन ।
कार्यक्रममा बोल्दै नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी अभियान आम नागरिकको आर्थिक सामाजिक रुपान्तरण र सामाजिक न्यायको लागि अपरिहार्य पद्धतिको रुपमा विकास भएको बताए ।
२०१३ चैत्र २० गतेबाट शुरु भएको सहकारी अभियान यस वर्ष ‘सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय’ मूलनाराका साथ देशव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलापसहित आज ५७ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । चैत्र २० गते हजारौं सहकारीकर्मीहरुले कलैयामा सहकारी र्याली तथा सभा आयोजना भई रहेको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार