सहकारीखबर डटकम दोस्रो बर्षमा
आज ५७ औं राष्ट्रिय सहकारी दिवस – हाम्रा निम्ति पनि विशेष दिन हो । २०१३ चैत्र २० गतेबाट शुरु भएको सहकारी अभियान यस वर्ष ‘सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय’ मूलनाराका साथ देशव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलाप सहित सहकारी दिवस मनाइदैछ ।
ठीक १ बषै अघि आजकै दिनबाट सहकारीखबर डटकमको यात्रा सुरु भएको थियो । सहकारीखबर नामैले पनि हामी विशुद्ध सहकारी क्षेत्रमा हुने गतिविधीलाई प्रथामीकता दिई समाचार र विचारलाई सम्प्रेशण गर्दछौं । मुलुकमा सञ्चार उद्योग स्थापना गर्ने र त्यसलाई दिगो रुपमा अगाडि बढाउने हाम्रो संकल्पलाई सफलतापूर्वक कार्यान्वयन गर्न र गराउन थुप्रैको योगदान छ । को–अपरेटिभ मिडिया सोलुसन प्रा.ली.द्वारा संचालीत सहकारीखबर डटकम आफ्नो पहिलो वाषिर्कोत्सवका अवसरमा सबै सहयोगी हातहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छ ।
खासगरी श्रद्धय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी विज्ञापनदाता र एजेन्सीलगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति हामी आभारी छौं । यहाँ सम्म आईपुग्दा, को–अपरेटिभ मिडिया सोलुसन प्रा.ली.गु्रपको रुपमा संस्थागत हुने कार्यमा प्रयासरत छ । सहकारी पत्रकारीताको सुरुवात भएको धेरै समय नभए पनि यो परिवेशमा सहकारी क्षेत्रका समाचारलाई अनलाईन मार्फत पस्कनु चुनौतपुर्ण कार्य हो ।
आम पाठकलाई सुसुचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौँ । यस सहकारीखबरले बिगतमा निष्पक्ष कभरेजको आम रुपमा जुन प्रशंसा भएको छ, त्यसले हामीलाई व्यवसायिक ढंगले अघि बढ्न थप उत्साह दिएको छ । सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीहरुलाई घचघच्याउनका साथै सहकारी क्षेत्रमा देखिएका विकृतिहरुलाई निरुसाहित गर्न र सहकारी मुल्य र मान्यताका पक्षमा पहरेदारी गरिरहने हाम्रो प्रण यस अबसरमा पुनः दोहोर्याउन चहान्छौ ।
वर्षका दश उत्कृष्ठ
यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ?
४८ सहकारीका संचालक खोज्दै प्रहरी (संचालकको नाम सहित)
मिनराजलाई राष्ट्रिय सहकारी संघको अध्यक्ष बनाउन राजनीतिक चलखेल
सहकारी तहसनहसको खतरा ! सहकारीको ३४ समस्या (भिडियो सहित हेर्नुस्)
यस्ता छन् नागरिक ठग्ने सहकारी(सूची सहित)
चन्द्र प्रसाद ढकालको प्यानललाई पछी पार्दै नेफ्स्कुनमा घिमिरेले बाजी मारे
शुरु भयो राष्ट्रिय सहकारी महासम्मेलन (फोटो फिचर सहित)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सदस्यका गुनासा, सुझाव तथा सल्लाह संकलन गर्दै राष्ट्रिय सहकारी बैंक
११ असार २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकमा विज्ञ सञ्चालक बन्न अवसर, आवेदन खुला
११ असार २०८३, बिहीबार