सहकारीलाई गुणात्मक, सुशासनयुक्त र सिद्धान्तमा आधारित बनाउन आग्रह
काठमाडौं, १९ चैत । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को फिल्ड कार्यालय व्यवस्थापन समितिहरिवनको विस्तारित वैठकल फिल्ड कार्यालय अन्तरगत सात वटा जिल्लाहरुको सहकारी अभियानलाई गुणात्मक र सुशासितबनाउने निर्णय गरेको छ ।
मंगलबार सम्पन्न वैठकले सबै बचत तथा ऋण सहकारी संघ र संस्थाहरुलाई समुदायमाआधारित र सदस्य नियन्त्रित बनाउन तथा दिगो रुपमाविकास गर्न आग्रह गरेको छ । सहकारीहरुलाई सीप र प्रविधियुक्त बनाउन आवश्यक सहजीकरण गर्ने, सबै बचत तथा ऋण सहकारीहरुलाई नेफ्स्कून र जिल्ला बचत संघमा आवद्ध गराउने र अन्तर लगानी कार्यक्रममार्फत पंूजीलाई स्थानीयतहसम्म पुर्याउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्नेसमेत वैठकले निर्णय गरेको छ । नेफ्स्कून हरिवन फिल्ड अफिस अन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीजिल्लाहरु पर्दछन ।
नेफ्स्कूनका सञ्चालकतथा फिल्ड कार्यालयका संयोजक कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकमा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, उपाध्यक्ष हरेन्द्र रावत, पर्साका अध्यक्ष राजेश पण्डित, बाराका अध्यक्ष भोलागौतम, रौतहटका अध्यक्ष खडगबहादुर बमजन, धनुषाका अध्यक्ष ध्रुवनारायण यादव, सिन्धुलीका सचिव विमला श्रेष्ठ, संकल्प सहकारी रौतहटका अध्यक्ष बिभु पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
वैठकले ‘सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिकन्याय’ मूलनाराका साथ २० गते (भोली) ५७ औं राष्ट्रिय सहकारी दिवस सबै जिल्लाहरुमा विभिन्न रचनात्मक कार्यक्रमहरु सहित प्रभावकारी रुपमा मनाउने निर्णयसमेत गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार