गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएको घोषणा
मकवानपु, १९ चैत । मकवानपुर जिल्ला कोगटे गाऊ विकास समिति अन्र्तगत रहेको श्री सिर्जनशिल महिला बचत तथा ऋण सहकारी संस्थामा गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएका छन् । संस्थाले सोमबार सबै घरधुरी सहकारीमा आवद्ध भएको एक कार्यक्रम गरी घोषणा गरिएको छ ।
उक्त गाविसमा २ सय ६० घर परिवार मध्ये २ सय ५२ घर महिला सहकारीमा आवद्ध भएको हो । महिला सहकारी भएकाले बाँकी ८ घर मध्ये केही घरमा पुरुष सदस्य भएका कारण आवद्ध गराउन नसकिएको र बाँकी केही घरमा शारिरीक अशक्तताको कारण सहकारी सम्म आउन नसक्नाले ८ घर लाई आवद्ध गराउन नसकिएको जनाएको छ ।
ग्रामिण क्षेत्रको महिलाहरुले विगत १३ वर्ष देखि निरन्तर रुपमा संस्था संचालन गर्दैै हाल गाविसको लक्षित वर्ग सम्म सहकारी लाई पुर्याउन सकिएकोमा संस्थाको सदस्यहरुमा दंग छन् ।
घोषणा कार्यक्रममा नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष अमृता सुब्बा, जिल्ला विकास समितिको स्थानिय विकास अधिकारी गोकर्ण प्रसाद शर्मा, जिल्ला सहकारी संघ मकवानपुरको अध्यक्ष वद्री लम्सालको उपस्थिति रहेको थियो । कार्यक्रममा डिभिजन सहकारी कार्यालय, मकवानपुरको प्रमुृख भीम परियारले अनुगमन गरि सय प्रतिशत घरधुरी आवद्धताको प्रमाण पत्र बाचन गरी घोषणा गरेका हुन् ।
उक्त सहकारी २०५७ सालमा डिभिजन सहकारी कार्यालय मकवानपुरमा दर्ता भई संचालनमा रहेका छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार