भरतपुर साकोसको १७ औं स्थापना दिवस मनाइयो
चितवन, १८ चैत । भरतपुर नगरपालिका वडा नं. १२ मा अवस्थित भरतपुर वचत तथा ऋण सहकारी संस्था (साकोस)को १७ औं स्थापना दिवस सोमबार रुक्तदान कार्यक्रम गरी मनाएको छ ।
संस्थाका अध्यक्ष मिन प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का सञ्चालक सदस्य एवं चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज सापकोटा रहेका थिए ।
कार्यक्रममा संस्थामा ३ पटक भन्दा बढी रक्तदान गर्ने सदस्यहरु ज्ञानीराजा बज्राचार्य, प्रदिप पोखेरल, दिपक पोखेरल, दिपक सुबेदी र नरबहादुर मगरलाई सम्मान प्रदान गरिएको थियो । अधिकतम बाल बचत तर्फ बिशेष थापामगर लै पुरस्कार प्रदान गरिएको छ । संस्थाले आगामी वर्ष देखि पेन्सन योजना, जेष्ठ नागरिक बचत योजना, पर्व बचत योजना संचालन गरिने जनाएको छ ।
२०५४ सालमा ४५ जना संस्थापक सदस्यहरुबाट स्थापना भई शुरु भएको यस संस्थामा हाल ८ सय ६५ जना शेयर सदस्य रहेका छन् । संस्थाको कुल पुँजी ७ करोड १५ लाख ४५ हजार र शेयर पुँजी १ करोड २७ लाख ७६ हजार रहेको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार