महासम्मेलनको खर्च हिसाब किताब भएको छैन : बडाल
काठमाडौं, १६ चैत । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले ११ देखी १३ गते सम्म काठमाडौंमा भएको प्रथम सहकारी महासम्मेलनले ७३ जिल्लाका सहकारीका प्रतिनिधित्वहरुलाई सहकारीका बारेमा थप बुझ्न र विर्मश लिन सफल भएको बताएका छन् ।
महासम्मेलनमा भएका कुराहरु सम्मेलनमा सहभागी जिल्लाका प्रतिनिधिहरुले सहकारी दिवसका दिन लाखौं सहकारीका व्यक्तिहरुलाई यस बारेमा बुझाउने भएका कारण महासम्मेलनको यो पक्ष सक्षम बनेको उनको भनाइ थियो । आज काठमाडौंको मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘सहकारी महासम्मेलनको खर्च र उपलव्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बडालले महासम्मेलनमा भएका खर्चको बारेमा अहिले सम्म कुनै पनि हिसाब किताब नभएको बताए ।
सम्मेलनको आम्दानी खर्च स्टेरीङ कमीटिको बैठक पछि सार्वजनीक गरीने बताए । महासम्मेलन चलिरहँदा बाहिर सहकारी पिडित व्यक्तिहरुले कालो झण्डा संगै निकै विवाद गरे पनि त्यो विबाद सहि ठाँउमा प्रयोग नभएको बताए । बडालले त्यो रिस र आक्रोस सहि ठाँउमा प्रयोग गर्न सुझाब समेत दिए ।
महासम्मेलनमा सहकारीका व्यक्तिहरुले खेल्नु पर्ने दायित्व कसरी खेल्ने भन्ने विषयमा पनि गहन छलफल भएको र सहकारी भित्र देखापरेका समस्याहरुलाई पनि केहि हदसम्म निराकरण गर्ने पनि विश्वास व्यक्त गरे । त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक दक्ष पौडेलले सहकारीमा देखा परेका समस्याहरु निराकरण गर्न गाँउ गाँउमा सहकारीको बारेमा जागरण ल्याउन आबश्यकता रहेको बताए ।
महासम्मेलनले सहकारीमा देखा परेका समस्याहरुलाई हल गर्ने हिसाबले कुनै पनि बहस नभएको बताउँदै भोलीका दिनमा सहकारीमा विषयलाई सहि किसिमले अगि बढाउन भने यस महासम्मेलनले निकै ठुलो भुमिका खेल्ले बताए ।
कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारीको बारेमा जान्न खोजेका र बुझन चाहाने व्यक्तिहरुलाई यस सम्मेलन कोसेढुङ्ग भएको बताए । समुदायमा आधारित सहकारीलाई मात्र राम्रो सहकारी भएको उनको भनाइ थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार