१३ भदौ २०८३, शनिवार

‘कतैबाट पनि सहयोग भएन’

२०७० चैत १६, आईतवार
‘कतैबाट पनि सहयोग भएन’

मोहन सिंह लामा, अध्यक्ष

बखान सहकारी संस्था लिमिटेड

एक वर्ष देखि विभिन्न मन्त्रालय, प्रधानमन्त्रीलाई भेट गरी संग्राहलयको प्रपोजल पेश गरिरहेका छौं । सहकारी तथा गरीबी निवारण मन्त्रालय स्थापना भए पछि पहिलो मन्त्री एकनाथ ढकालले ७५/७५ लाख तिन बर्षको लागि माइनुट गरिदिएको छु भनेका थिए । तर त्यो मइनुटमा मात्र सिमित भएको छ ।

त्यस्तै सहकारी विभागका रजिष्ट्रार केदार न्यौपालेले संस्था भ्रमणको अवसरमा सहयोग गर्ने प्रतिवद्धता जनाएर गएका छन् । साथै संग्रहालय निमार्णका लागि ललितपुर जिल्ला सहकारी संघले विभिन्न सहयोग गर्दै आएको छ । सम्पूर्ण सहकारी संस्थाले सहकारीको इतिहास बचाउन हामी आफै सुरु गरौं भनेका छन् । नेपालको पहिलो सहकारी भएकाले यस अभियानमा सरकारबाट पनि सहयोग हुनुपर्छ । सहकारीको इतिहास बचाउन हामी लागि रहेका छौं । प्रधानमन्त्रीनै सहकारी मन्त्री भएकाले यसका लागि हामी प्रपोजल लिएर जाने छौं ।

अहिले सम्म कसैबाट पनि सहयोग भएको छैन । राष्ट्रिय सहकारी संघमा हामी जाँदा संग्रहालय कस्तो बनाउने हो गुरु योजना लिएर आउनु भनेका थिए । सबै साथीहरु बसेर गुरु योजना बनाएका छौं । मोटामोटी ४० करोडको अनुमान गरेका छौं । सरकारले केही नगरेपनि हामी आफै केही गरौं भनेर लागि रहेका छौं । प्रत्येक जिल्ला संघहरुमा गएर अनुरोध गरेका छौं । आशा छ, सहकारीको इतिहास बचाउन सबै संघ/संस्थाले सहयोग गर्नु हुन्छ ।

अभिलेख

लोकप्रिय