सिद्धान्त लत्याउँदै बर्दियाका सहकारी
बर्दिया, १४ चैत । डिभिजन सहकारी कार्यालय बर्दियाले जिल्लाका अधिकांश सहकारी संस्थाहरुको कारोबार गैरसदस्यहरुसँग भएको जनाएको छ ।
अनुगमन तथा संस्थाहरुको अवस्थाको कारोबार हेरिएको आधारमा कार्यालयले सञ्चालनमा रहेका सहकारी संस्थाहरुको कारोबार गैरसदस्यहरुमा परिचालन भएको फेला पारेको हो । विभिन्न उद्देश्यले दर्ता भएका सहकारी संस्थाहरु बचत तथा ऋण लगानीको कार्यतर्फ आकर्षित गरी कारोबार गरेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका सहकारी अधिकृत बुद्धप्रकाश पौडेलले सहकारिताको सिद्धान्तअनुसार गैरसदस्यहरुसँग कारोबार गर्न नपाइने व्यवस्था तथा विनियममा नै उल्लेख गरिए पनि यो अनुसार सहकारी संस्थाहरुले कारोबार नगरेको बताए । उनले कतिपय सहकारी सञ्चालकहरुले गैर कार्यक्षेत्रलाई सदस्यतासमेत दिएको भेटिएको बताए ।
कार्यालयले सहकारीका सदस्यहरु बाहेक अन्य सदस्यहरुसँग कारोबार गर्दा त्यसबाट उपलब्ध हुने मुनाफा सदस्यहरुलाई वितरण गर्न नपर्ने हुँदा फाइदाका लागि सञ्चालकले नियतवस यसप्रकारका सदस्यहरुसँग कारोबार गर्ने गरेको जानकारी दिएको छ । सहकारीको स्वायत्तता र स्वतन्त्रताको सिद्धान्तलाई सञ्चालकहरुले आफ्नै अनुकूलतामा प्रयोग गरेका छन् । तीन सय ७० वटा सहकारी संस्थाहरु रहेको सो जिल्लामा बचत १० कृषि १९, दुग्ध चार, बहुउद्देश्यीय चार सहकारी संस्थाहरु रहेका छन् । यस्तै कार्यालयले दिएको जानकारीअनुसार ५६ वटा सहकारी संस्थाहरु निष्क्रिय रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार