१७ वैशाख २०८३, बिहिबार

सहकारीबाट लोकतन्त्र मजबुत बन्छ – प्रधानमन्त्री

२०७० चैत १३, बिहिबार
सहकारीबाट लोकतन्त्र मजबुत बन्छ – प्रधानमन्त्री

प्रधानमन्त्री कोइरालाले ३०÷३५ लाख नेपाली जनता विदेशिएको यथार्थलाई दृष्टिगत गरी विदेशिएका नेपालीलाई स्वरोजगार सिर्जना गरी फिर्ता गराउन सहकारीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

 काठमाडौँ, १३ चैत । प्रधानमन्त्री सुशील कोइरालाले सहकारीबाट लोकतन्त्र मजबुत बन्ने बताए  । प्रथम राष्ट्रिय सहकारी महासम्मेलनको समापन समारोहलाई बिहिबार सम्बोधन गर्दै उहाँले सहकारिता आर्थिक समृद्धि र समावेशी विकासका लागि आवश्यक भएको बताए ।

बिपी कोइराला पनि तत्कालीन अवस्थामा सहकारी आन्दोलनबाट प्रभावित भएको चर्चा गर्दै उहाँले सहकारी आर्थिक समुन्नतिका लागि सामूहिक प्रयास भएको उल्लेख गरे ।

 राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् महासम्मेलनका सहअध्यक्ष केशवप्रसाद बडालले तीनदिने महासम्मेलनले सहकारीको विकासका लागि महत्वपूर्ण कार्ययोजना अघिसारेको बताए ।

राष्ट्रिय सहकारी सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद बास्कोटाले नेपालको सहकारी आन्दोलनले वर्तमान समयसम्म आइपुग्दा विभिन्न आरोहअवरोह पार गरेको बताउँदै नेपाली अर्थतन्त्रमा यो महत्वपूर्ण मेरुदण्ड बन्नुपर्ने बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष पाउलिन ग्रिन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव लालमणि जोशीलगायतले आर्थिक अनुशासनलगायतका विषयलाई आत्मसात् गर्दे अघि बढ्ने जिम्मेवारी सहकारीकर्मीको भएको बताएका  थियो ।

अभिलेख

लोकप्रिय