महासम्मेलनमा हंगामा मच्चाउने महिला सहकारीकर्मीको तयारी
काठमाडौं, १२ चैत । नेपालमा पहिलो पटक प्रथम राष्ट्रिय सहकारी महासम्मेलन सुरु भइरहँदा महिला सहकारीकर्मीहरुले महासम्मेलनमा हंगामा मच्चाउने तयारी गरेका छन् ।
पटक पटक केन्द्रिय महिला सहकारी संघ दर्ताका लागि विभिन्न पक्षसंग आग्रह र अपिल गरेपनि कुनै वास्ता नगरेपछि महासम्मेलनमै हंगामा मच्चाउने तयारी गरेका हुन् ।
सहकारी विभाग र मन्त्रालय सम्म धाउँदा पनि फाइल दर्ता हुन सकेको छैन । रजिष्ट्रारले लिङ्गका आधारमा केन्द्रिय सहकारी संघ दर्ताको प्रबधान ऐनमा नै नरहेको बताउदै आएका छन् । प्रस्तावित केन्द्रिय महिला सहकारी संघले पत्रकार सम्मेलन गरेर संघ दर्ताका लागि पहल नभए महासम्मेलन नै बहिष्कार गर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रस्तावित संघकी सह–सचिव निर्मला श्रेष्ठले संघ दर्ताको काम नभए महासम्मेलनको औचित्य समेत नभएको बताइन । कृषि भित्र नै बिभिन्न नाममा केन्द्रिय सहकारी संघ दर्ता हुने तर महिला भएकै कारण संघ दर्ता नहुनु दुखःद बिषय भएको टिप्पणी गरीन ।
कार्यक्रममा बोल्दै प्रस्तावितसंघकी अध्यक्ष शान्ति गुरुङले केन्द्रिय संघ दर्ता नगर्नुको कारण प्रष्ट पार्न माग गरेकी छन् । बिना कारण संगठित महिलाहरुको दर्ता नगर्नु महिला माथिको अपमान भएको बताइन । केन्द्रिय संघ दर्ता नगर्ने भए प्रारम्भिक महिला संस्था पनि खारेज गर्न चुनौती दिइन । उपाध्यक्ष मिना बरालले केन्द्रिय महिला सहरकारी संघ दर्ता भए आफुहरुलाई सहकारी क्षेत्रमा आरक्षण समेत नचाहिने बताइन । महिलाहरुको कार्यको सम्मान र शसक्तिकरणका लागि पनि संघ दर्ता गर्न दिइनु पर्ने माग गरीन । अनाहकमा बिना कारण महिला संघ दर्ता नगरी झुलाएको भन्दै अन्य महिला सहकारीकर्मीले पनि आपत्ति जनाएका छन् । महिलालाई सधै पछि पार्ने नियतले संघ दर्ता नगरीएको उनीहरुको आरोप छ । उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रालयगत मन्त्री र अन्तराष्ट्रि सहकारी महासंघकी अध्यक्षलाई समेत ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।
महिला सहकारीकर्मीले करिब तीन बर्ष देखि केन्द्रिय महिला सहकारी संघ दर्ताका लागि पहल गर्दै आएका छन् । उनीहरुले जारी महासम्मेलनमा यस बिषयले प्राथमिता पाउनु पर्ने र संघ दर्ता हुनु पर्ने माग गरेका छन् । नेपालमा ३१ सय महिला सहकारी रहेका छन् । करिब १९ लाख ५३ हजार महिलाहरु महिला सहकारीमा आबद्ध रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार