८ वैशाख २०८३, मङ्गलबार

सहकारी महासम्मेलन संगै ओरियन्टल पिडितको आन्दोलन (भिडियो सहित हेर्नुस)

२०७० चैत ११, मङ्गलबार
सहकारी महासम्मेलन संगै ओरियन्टल पिडितको आन्दोलन (भिडियो सहित हेर्नुस)

काठमाडौं, ११ चैत । प्रथम राष्ट्रिय सहकारी महासम्मेलन शुरु भएकै दिन ओरियन्टल को–अपरेटिभ पिडित सदस्यहरुले आन्दोलन गरेका छन् ।
 
सहकारी अभियानले पिडितको समस्या तर्फ कुनै चासो नदेखाएको भन्दै आन्दोलन गरेका हुन् । पिडित सदस्यहरु सहकारी विभाग परिसरमा धर्ना दिई महासम्मेलनको विरुद्वामा समेत आन्दोलनका कार्यक्रमहरु तय गरेका छन् ।
 
विभाग परिसरमा १ सय भन्दा बढी पिडित सहस्यहरु भेला भएका थिए । त्यस संगै करीब १० जना नेपाल प्रहरीका प्रतिनिधिहरु पनि विभाग परीसरमै थिए । बारम्बार आन्दोलन गर्दै आएका उनीहरु महासम्मेलनलाई लक्षित गरी आन्दोलन गरेका हुन् ।
 
महासम्मेलन भइरहेको स्थान अगाडी बसेर धर्ना दिने तयारीमा भइरहेको एक पिपिडत सदस्यले सहकारीखबरलाई बताए । विभिन्न प्लेकार्ड, कालो पट्टी बाधेर विरोध गरीले उनले बताए ।

अभिलेख

लोकप्रिय