शुरु भयो राष्ट्रिय सहकारी महासम्मेलन (फोटो फिचर सहित)
काठमाडौं, ११ चैत । नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी महासम्मेलन आजदेखि सुरु भएको छ । ‘सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’ भन्ने मुल नाराका साथ शुरु भएको सम्मेलनमा कुपण्डोल, माइतिघर, रत्नपार्क र टेकुबाट र्याली निकालीएको थियो । उक्त ¥याली दशरथ रंगशालामा गएर सभामा परिणत भएको थियो । र्यालीमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, काभ्रे सहकारीकर्मीहरु रहेका थिए ।
सम्मेलनमा अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष डेम पाउलिन ग्रिन, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी संघ, अध्यक्ष एशियाली ऋण महासंघका अध्यक्ष साइमन ए परेरा लगायत वेलायत, चिन, कोरीया, भारत, मलेसीया, श्रीलड्ढा, थाइलेण्ड, वाङलादेश, भुटानलगायतका मुलुकका सरकारी तथा सहकारी क्षेत्रका प्रतिनिधि र सभासद, विश्वविद्यालयका प्राज्ञहरू उपस्थित रहेका छन् ।


त्यसैगरी नेपाल सरकारका सम्वन्धित मन्त्रालयहरू, आयोग, वोर्ड, विभाग र कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, राष्ट्रिय तथा केन्द्रीय सहकारी संघहरु, सहकारी बैंक र विभिन्न जिल्लाका जिल्ला स्तरीय सहकारी संघ/संस्थाहरूका प्रतिनिधिहरु, सहकारी विज्ञहरूको उपस्थित रहेको छ । तस्बिर: उद्धव बोगटी



अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार