१ फागुन २०८१, बिहिबार

‘सहकारी इतिहास बचाऔं, राष्ट्रिय सहकारी संग्रहालय निमार्णमा जुटौं’

२०७० चैत १०, सोमबार
‘सहकारी इतिहास बचाऔं, राष्ट्रिय सहकारी संग्रहालय निमार्णमा जुटौं’

काजी श्रेष्ठ

काठमाडौं, १० चैत । (सहकारी भ्रमणबाट फर्केर) नेपालमा सहकारी अवधारणाको शुरुवात २०१३ साल चैत २० गतेबाट भएको कमैलाई थाहा नहोला । तत्कालिन नेपाल सरकारको कार्यालयमा दर्ता नं १ मा दर्ता भएको पहिलो सहकारी सहकारी बखान सहकारी हो । जसले नेपालमा सहकारी अवधारणाको शुरुवात गरी विभिन्न आरोह/अवरोह पार गर्दै हाल सम्म जिवन्त रुपमा निरन्तर काम गर्दै आएको छ ।

बखान सहकारीको पहलमा ‘राष्ट्रिय सहकारी संग्राहलय’ निमार्ण हुँदैछ । संग्रहालय निमार्ण हुनु सहकारी इतिहासको संरक्षण गर्नु हो । संग्रहालयको गुरुयोजना पनि बनीसकेको छ । सरकारी क्षेत्रमा सहयोगका लागि पहल भएपनि खासै चासोको रुपमा हेरीएको छैन । सहकारी संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी संघले पनि खासै चासो नदेखाएको बखान सहकारीका संचालकहरु बताउँछन् । राष्ट्रिय सहकारी संघले प्रमुख प्राथमिकताका साथ यस योजनालाई अगाडी बढाउन पर्ने बखान सहकारीका अध्यक्ष मोहन सिंह लामाले बताए ।

 बखान सहकारीको मात्र इतिहास नभई सिङ्गो सहकारी अभियानको इतिहास भएकाले यस अभियानमा सबै सहकारीकर्मी लाग्नु आवश्यक छ । देशभर २९ हजार सहकारी स्थापना भएका छन् । भनिन्छ, नी थोपा थोपा मिलेर समुन्द्र बन्छ । हो त्यहि भनाइलाई आत्मसाथ गर्दै २९ हजार सहकारी संस्था एकजुट भएर यस अभियानमा जुटे के सम्भव नहोला र ? धेर थोर रकम जम्मा गरेर संग्रहालय निमार्णमा जुटे कसो होला ?bakhansahakari_sahakarikhabar

‘कतैबाट पनि सहयोग भएन’

मोहन सिंह लामा, अध्यक्ष

बखान सहकारी संस्था लिमिटेड

 

एक वर्ष देखि विभिन्न मन्त्रालय, प्रधानमन्त्रीलाई भेट गरी संग्राहलयको प्रपोजल पेश गरिरहेका छौं । सहकारी तथा गरीबी निवारण मन्त्रालय स्थापना भए पछि पहिलो मन्त्री एकनाथ ढकालले ७५/७५ लाख तिन बर्षको लागि माइनुट गरिदिएको छु भनेका थिए । तर त्यो मइनुटमा मात्र सिमित भएको छ । त्यस्तै सहकारी विभागका रजिष्ट्रार केदार न्यौपालेले संस्था भ्रमणको अवसरमा सहयोग गर्ने प्रतिवद्धता जनाएर गएका छन् । साथै संग्रहालय निमार्णका लागि ललितपुर जिल्ला सहकारी संघले विभिन्न सहयोग गर्दै आएको छ । सम्पूर्ण सहकारी संस्थाले सहकारीको इतिहास बचाउन हामी आफै सुरु गरौं भनेका छन् । नेपालको पहिलो सहकारी भएकाले यस अभियानमा सरकारबाट पनि सहयोग हुनुपर्छ । सहकारीको इतिहास बचाउन हामी लागि रहेका छौं । प्रधानमन्त्रीनै सहकारी मन्त्री भएकाले यसका लागि हामी प्रपोजल लिएर जाने छौं ।

अहिले सम्म कसैबाट पनि सहयोग भएको छैन । राष्ट्रिय सहकारी संघमा हामी जाँदा संग्रहालय कस्तो बनाउने हो गुरु योजना लिएर आउनु भनेका थिए । सबै साथीहरु बसेर गुरु योजना बनाएका छौं । मोटामोटी ४० करोडको अनुमान गरेका छौं । सरकारले केही नगरेपनि हामी आफै केही गरौं भनेर लागि रहेका छौं । प्रत्येक जिल्ला संघहरुमा गएर अनुरोध गरेका छौं । आशा छ, सहकारीको इतिहास बचाउन सबै संघ/संस्थाले सहयोग गर्नु हुन्छ ।

के हुन्छ संग्रहालयमा ?

संग्रहालयमा सहकारीका विभिन्न इतिहास रहेका हुन्छ । सहकारी स्थापनाका दस्तावेज, पुराना ऐतिहासिक सामग्री, ट्याक्टरका सामनहरु, ऋण लगानी कसरी गरिन्थ्यो, बचत कसरी संकलन गरिन्थ्यो, त्यो समयमा प्रयोग भएका माटाका भाँडाहरु, संस्कृतिहरु सबै संग्राहलयमा हुने छ ।

त्यस्तै गुरु योजनामा आवास गृह सहितको रहेको छ । त्यसमा सहकारीका विभिन्न टे«निङ संचालन हुन्छ । सहकारी भिजिट गर्न आएको खण्डमा यहि बस्न सक्ने व्यवस्था मिलाइने छ । सहकारी पुस्तकालय पनि हुन्छ । सहकारी सम्बन्धी हरेक पुस्तक, पत्रपत्रिको व्यवस्था हुन्छ । संस्था स्थापनाका सामग्रीहरु संकलन गरी राखेका छौं । हाल पुराना सामग्री राख्न ठाउँ नभएकाले जहाँछ त्यहि सुरक्षित राखिएको छ ।

बखान सहकारीको संक्षिप्त इतिहास

गोरखा, लजजुङ, तनहुँ तथा गण्डक क्षेत्रमा २००८ र २०१० सालमा दैविक विपत्ति (बाढी पहिरो) आइपरेको थियो । विपत्तिमा परेका जनतालाई चितवनमा बस्ती बसाउने क्रममा राप्ती दून परियोजना आएको थियो । सोही बस्ती बसाल्ने क्रममा बखानसिंह गुरुङले ६० जना स्थानीय बासिन्दाहरुलाई संगठित गराई प्रत्येक व्यक्तिबाट सेयर मुल्य १० का दरले जम्मा गरी ६ सय पुँजी कामय गरी स्थापना गरेका थिए । नेपालमा सहकारी अवधारणको शुरुवात गर्ने नायक स्वर्गीय बखानसिंह गुरुङ हुन् ।

सहकारी स्थापनाको समयमा मसलन्द खर्च बापत १ का दरले शेयरधनीहरु संग रकम उठाइ आवश्यक पर्ने हलो, कुटो, कोदालो, फाली, बीउ बिजन उपलब्ध गराइएको थियो । यसरी सदस्यता प्राप्त गरेका व्यक्तिले प्रति परिवार ५ बिगाहा जमीन प्राप्त गरेका थिए । ६० जना सदस्यले धरम भकारी स्थापना गरी बस्ती बसाल्न प्रोत्साहित गरेका थिए ।

संस्थाले स्थापना देखिनै कृषि उत्पादनमा लगानी र उत्पादनका उचीत मूल्य र आवश्यक कृषि परामर्शको समेत व्यवस्थामा पहल गर्दै आएको छ । संस्थामा हाल २ सय ५ जना शेयर सदस्य रहेका छन् भने संस्थाको सेयर पुँजी ४ लाख रहेको छ ।

bakhan sahakari_sahakarikhabar5

संस्थाको सम्पत्ती ?

हाल संस्थाको नाममा ३ कोठे एक तले भवन छ । एक वटा ४० टनको गोदाम घर रहेको छ । गोदाम घर २०२० सालमा निमार्ण भएको हो । ९ बलटुको डबल गेर वाला तोरी मिल रहेको छ । तेल सुद्धिकरण गर्ने मेशीन छ । त्यस्तै १० कठ्ठा जमीन पनि संस्थाकै नाममा रहेको छ । उक्त जमिनमा सहकारी संग्रहालय निमार्ण हुने क्रममा छ ।

bakhan sahakari_sahakarikhabar4

कृषि पहिलो प्राथमिकता

बखान सहकारीले कृषि क्षेत्रलाई पहिलो प्राथमिकामा राखी विभिन्न कार्य गर्दै आएको छ । संस्था स्थापनाको क्रममा कृषकहरुको मनोबल बढाइ आधुनिक कृषि सामग्रीको प्रयोग गर्दै अत्पादकत्वमा बृद्धि गर्ने हेतुले काम गर्दै आएको छ । संस्था स्थापना भएपछि राप्ति दून परियोजनाले संस्थालाई ट्याक्टर समेत उपलब्ध गराइएको थियो । कृषि क्षेत्रनै पहिलो प्राथमिकता भएकाले कृषि क्षेत्रमा बढी केन्द्रित भएको संस्थाका अध्यक्ष मोहनसिंह लामाले बताए । संस्थाले किसानलाई आवश्यक बिउ प्रशोधन तथा बिक्रि वितरण गर्दै आएको छ । संस्थाले युवाहरुलाई माछा तथा पशुपालन कार्यमा समेत उन्मुख गराई सफल व्यवसाय भइरहेको छ । त्यस्तै अनुदानमा मल विक्रि वितरणको काम पनि गर्दै आएको छ । शुद्ध तोरीको तेल खुवाउने उद्देश्यका साथ मिल स्थापना गरेको छ ।

bakhan sahakari_sahakarikhabar3

बचत तथा ऋण अभियान शुरु

स्थापना देखि कृषि क्षेत्रमा काम गर्दै आएको यस संस्थाले बचत तथा ऋणको अभियान शुरु गरेको छ । बारम्बार आर्थिक समस्याले सताएका कारण बचत तथा ऋण अभियान शुरु गरेको हो । शिवरात्रिको दिनबाट बचत तथा ऋण अभियान सुरु गरेको हो । कृषकलाई सक्षम र उत्पादन बृद्धिलाई ऋण लगानी गर्ने जनाएको छ ।

संस्थाको भावी कार्यक्रम

संस्थाले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सदस्यहरुलाई विभिन्न कार्य गर्दै आएको छ । त्यहि क्रममा संस्था अग्र्यानीक तरकारी उत्पादन तर्फ अघि बढेको छ । अग्र्यानी तरकारीको माग बढेकाले यसतर्फ अघि बढेको जनाएको छ । त्यस्तै आगामी बैशाख, जेठ बाट अभियानमुखी धान खेति शुरु गर्ने जनाएको छ । धान उत्पादन बढाउन, उन्नत बिउ उत्पादन गरी आत्मनिर्भर बन्नका लागि यस अभियान शुरु गर्ने अध्यक्ष लामाले बताए । त्यस्तै ‘एक घर एक सदस्य अभियान’ बैशाखबाट सुरु गर्ने तयारीमा संस्था रहेको छ । संस्थाले उत्पादन गरेको शुद्ध तोरीको तेल माग अत्याधिक रहेकाले माग अनुसार उत्पादन गर्नका लागि छलफल भइरहेको जनाएको छ । संस्थाले तोरीको तेललाई प्याकेजीङ र लेबलीङ गरी बजारमा ल्याउने तयारी समेत गरेको छ ।

bakhan sahakari_sahakarikhabar

अभिलेख

लोकप्रिय