बडाल "बा"तानशाही बने !
बैठक लगतै ३ बजे महासम्मेलन तयारी पुरा भएको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । बैठक नसकिदै पत्रकारहरु सभाहलमा प्रवेश गर्न थाले पछि उनले माइक ठोक्दै पत्रकार सम्मेलन सुरु भएको जानकारी दिए र सम्मेलनको तयारी पुरा भएको प्रेस विज्ञप्ती आफै बाचन गरे । पत्रकार सम्मेलनमा महासम्मेलन प्रचार प्रसार समितीका संयोजक रविन्द्र केसीले प्रेस विज्ञप्ती वाचन तय भएको भनिए पनि बडालले त्यसको वेवस्ता गदै मन्तव्य सहितको विज्ञप्ती पढेर टुंग्याए । बडालको मन्तव्य सकिए पछि प्रश्नोउत्तरको पालो आयो । पत्रकारहरुले सहकारीमा देखिएको समस्या र संघले त्यसको निराकरण गर्न वेवस्ता गरेको र विकृती रोक्न नियामक निकायसंग समन्वय नगरेको समेत प्रश्न उठाए । उनले सहकारीमा देखिएका समस्यालाई उजगार नगर्न र सकारात्मक कुरालाई महत्व दिन आग्रह गर्दै प्रश्नको जवाफ दिए । सहकारीका समस्या बारे थप प्रश्न आउन थाले पछि उनले बिषय केन्द्रीत नभएको भन्दै प्रश्न नसोध्न चेतावनी समेत दिन भ्याए । चित्त बुझ्दो उतर नआए पछि पत्रकारहरु बाहिरिने क्रम सुरु भयो । अन्तयमा नेपाल सरकारका मुख्य सचिव लीलामणी पौड्यललाई सम्मेलनमा केही कुरा बोल्न बडालले आग्रह गरे । शुभकामना मन्तव्य मात्र दिएर पौड्यलले मन्तव्य टुंग्याए । पत्रकार सम्मेलनका लागी तय भएको कार्यक्रम एका एक परिर्वतन भएकाले वक्क न वक्क परेको केसी बाहीर भित्र गरेर छटपटिन थालेका थिए । केसी माओवादीको तर्फबाट संघको सञ्चालक बनेका हुन । कार्यक्रम अवधी भर बडालको भाषण खुब जमे पनि कार्यक्रम स्थल बाहिर एक आपसमा आलोचना गर्ने र कानेखुसी गर्नेहरु भन्दै थिए बडाल बाले तानशाही बने । कार्यक्रम अवधीभर बडालले अन्य सहभागीहरुलाई गरेको वेवस्ताबाट प्रष्ट बुझ्न सकिन्थ्यो सहकारी क्षेत्र पार्टीगत राजनीतिको धमिरोले सखाप पारि सकेछ ।
काठमाडौ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडाल सहकारीको ज्ञाता मै हु भनेर घन्टाै बढी भाषण दिएर सार्वजनिक कार्यक्रममा सबैलाई वाक्क बनाउन खपिस छन् । सहकारीको बिषयमा फरक धारणा भएका व्यक्तीलाई सहकारी क्षेत्रको विरोधीको रुपमा लिने उनको पुरानै बानी हो ।
कुनै समय भागवन्डाको राजनीतिबाट राष्ट्रिय सहकारी संघको अध्यक्ष बन्न भ्याएका बडाल अहिले नेकपा एमालेको समानुपातिक तर्फबाट सभाषद बन्न पुगेका छन् । कुरा आइतबार सहकारी तथा गरिबी निवारण मन्त्रत्रालयको सभा हलको हो । चैत्र ११, १२ र १३ गते हुन गइरहेको “प्रथम राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न गर्न बनेको मुल समारोह समितीको बैठकमा मन्त्रालयका सचिव लालमणी जोशी र सहकारी अभियानका बिभिन्न नेताहरु सहभागी थिए । २ बजे बस्ने भनिएको सो बैठक उनकै आग्रहमा केही ढिलो सुरु भयो । केही समय पछि उनले बैठक सुरु भएको जानकारी दिदै सचिव र प्रथम राष्ट्रिय सहकारी महासम्मेलनका लागि बनेको विभिन्न कमीटी मध्ये आर्थिक ब्यवस्थापन समीती र र्याली ब्यवस्थापन समितीको संयोजक र अन्य सहभागीहरु भन्दै सम्बोधन गर्न भ्याए । झन्डै १५ मिनेट भाषण गर्दै बैठक तयारी बारे जानकारी दिने भएकोले विभिन्न समितीबाटै कुरा आउने भन्दै आफु धेरै नबोल्ने बताएर संघका उपाध्यक्ष विजय घिमिरेलाई आफ्ना कुरा राख्न आग्रह गरे । घिमिरेले कार्यक्रमको तयारी बारे जानकारी दिए तर पटक पटक बडालले यस्तो उस्तो भनि अर्थ लगाई रहे र बैठक हरेक समितीको जबाफ बडाल आफैले आफ्नै ढंगले दिए । तयारी र भएका उपलब्धी सुनाउन सहभागी भएकाहरु टाउको हल्लाउनै सिमीत भए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार