१ कात्तिक २०८३, शनिवार

बडाल "बा"तानशाही बने !

२०७० चैत ९, आईतवार
बडाल "बा"तानशाही बने !

बैठक लगतै ३ बजे महासम्मेलन तयारी पुरा भएको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । बैठक नसकिदै पत्रकारहरु सभाहलमा प्रवेश गर्न थाले पछि उनले माइक ठोक्दै पत्रकार सम्मेलन सुरु भएको जानकारी दिए र सम्मेलनको तयारी पुरा भएको प्रेस विज्ञप्ती आफै बाचन गरे । पत्रकार सम्मेलनमा महासम्मेलन प्रचार प्रसार समितीका संयोजक रविन्द्र केसीले प्रेस विज्ञप्ती वाचन तय भएको भनिए पनि बडालले त्यसको वेवस्ता गदै मन्तव्य सहितको विज्ञप्ती पढेर टुंग्याए ।  बडालको मन्तव्य सकिए पछि  प्रश्नोउत्तरको पालो आयो । पत्रकारहरुले सहकारीमा देखिएको समस्या र संघले त्यसको निराकरण गर्न वेवस्ता गरेको र विकृती रोक्न नियामक निकायसंग समन्वय नगरेको समेत प्रश्न उठाए । उनले सहकारीमा देखिएका समस्यालाई उजगार नगर्न र सकारात्मक कुरालाई महत्व दिन आग्रह गर्दै प्रश्नको जवाफ दिए । सहकारीका समस्या बारे थप प्रश्न आउन थाले पछि उनले बिषय केन्द्रीत नभएको भन्दै प्रश्न नसोध्न चेतावनी समेत दिन भ्याए । चित्त बुझ्दो उतर नआए पछि पत्रकारहरु बाहिरिने क्रम सुरु भयो । अन्तयमा नेपाल सरकारका मुख्य सचिव लीलामणी पौड्यललाई सम्मेलनमा केही कुरा बोल्न बडालले आग्रह गरे । शुभकामना मन्तव्य मात्र दिएर पौड्यलले मन्तव्य टुंग्याए । पत्रकार सम्मेलनका लागी तय भएको कार्यक्रम एका एक परिर्वतन भएकाले वक्क न वक्क परेको केसी बाहीर भित्र गरेर छटपटिन थालेका थिए । केसी माओवादीको तर्फबाट संघको सञ्चालक बनेका हुन । कार्यक्रम अवधी भर बडालको भाषण खुब जमे पनि कार्यक्रम स्थल बाहिर एक आपसमा आलोचना गर्ने र कानेखुसी गर्नेहरु भन्दै थिए बडाल बाले तानशाही बने । कार्यक्रम अवधीभर बडालले अन्य सहभागीहरुलाई गरेको वेवस्ताबाट प्रष्ट बुझ्न सकिन्थ्यो सहकारी क्षेत्र पार्टीगत राजनीतिको धमिरोले सखाप पारि सकेछ  ।

काठमाडौ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडाल सहकारीको ज्ञाता मै हु भनेर  घन्टाै बढी भाषण दिएर सार्वजनिक कार्यक्रममा सबैलाई वाक्क बनाउन खपिस छन् । सहकारीको बिषयमा फरक धारणा भएका व्यक्तीलाई सहकारी क्षेत्रको विरोधीको रुपमा लिने उनको पुरानै बानी हो ।

कुनै समय भागवन्डाको राजनीतिबाट राष्ट्रिय सहकारी संघको अध्यक्ष बन्न भ्याएका बडाल अहिले नेकपा एमालेको समानुपातिक तर्फबाट सभाषद बन्न पुगेका छन् । कुरा आइतबार सहकारी तथा गरिबी निवारण मन्त्रत्रालयको सभा हलको हो । चैत्र ११, १२ र १३ गते  हुन गइरहेको  “प्रथम राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न गर्न बनेको मुल समारोह समितीको बैठकमा मन्त्रालयका सचिव लालमणी जोशी र सहकारी अभियानका बिभिन्न नेताहरु सहभागी थिए ।  २ बजे बस्ने भनिएको सो बैठक उनकै आग्रहमा केही ढिलो सुरु भयो । केही समय पछि उनले बैठक सुरु भएको जानकारी दिदै सचिव र प्रथम राष्ट्रिय सहकारी महासम्मेलनका  लागि बनेको विभिन्न कमीटी मध्ये आर्थिक ब्यवस्थापन समीती र र्याली ब्यवस्थापन समितीको संयोजक र अन्य सहभागीहरु भन्दै सम्बोधन गर्न भ्याए ।  झन्डै १५ मिनेट भाषण गर्दै  बैठक तयारी बारे  जानकारी दिने भएकोले विभिन्न समितीबाटै कुरा आउने भन्दै आफु धेरै नबोल्ने बताएर संघका उपाध्यक्ष विजय घिमिरेलाई आफ्ना कुरा राख्न आग्रह गरे । घिमिरेले कार्यक्रमको तयारी बारे जानकारी दिए तर पटक पटक बडालले यस्तो उस्तो भनि अर्थ लगाई रहे र  बैठक हरेक समितीको जबाफ बडाल आफैले आफ्नै ढंगले दिए । तयारी र भएका उपलब्धी सुनाउन सहभागी भएकाहरु  टाउको हल्लाउनै सिमीत भए ।

अभिलेख

लोकप्रिय