१६ सय सहकारीले लिएनन् लेखापरिक्षण स्विकृत, होला त कारबाही ?
काठमाडौं, ७ चैत । डिभिजन सहकारी कार्यालय काठमाडौंबाट दर्ता भएका सहकारी संस्थाहरु मध्ये २१ सय सहकारीले मात्र लेखापरिक्षण को स्विकृति लिएका छन् ।
काठमाडौं डिभिजन कार्यालयमा ४२ सय सहकारी दर्ता भएका छन् । जस मध्ये ३७ सयको हाराहारीमा संचालन छन् । यो वर्ष झण्डै १६ सय सहकारीले लेखापरिक्षण को स्विकृति लिएका छैनन् । स्विकृति लिएका सहकारी मध्ये पनि केहीले अझै प्रतिवेदन बुझाएका छैनन् । आर्थिक वर्ष सकिएको ३ महिना भित्र लेखापरिक्षण स्विकृती लिइसक्नु पर्छ । डिभिजन सहकारी कार्यालबाट लेखापरिक्षण स्विकृती लिएपछि लेखापरिक्षण गरी साधारणसभाबाट पास गराई कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।
‘असोज कटेपछि स्विकृती लिने संस्थालाई जरीवाना लाग्छ, एक वर्ष सम्म १५ सय जरीवानाको प्रावधान रहेको छ’, डिभिजन सहकारी कार्यालय काठमाडौंका वरिष्ठ सहकारी अधिकृत बलराम निरौलाले सहकारीखबर संग भने– ‘२ वर्ष सम्म विवरण नबुझाउने संस्था खारेजी प्रक्रियामा जान्छ ।’ धेरै जसो सहकारीले २ वर्षको एकैपटक लेखापरीक्षण गर्ने गर्छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार