महासम्मेलनमा सहकारीकर्मीलाई सहभागी गराउन समस्या
काठमाडौं, ६ चैत । ‘सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’ भन्ने नाराका साथ नेपालको सहकारी इतिहासमै पहिलो पटक हुन लागेको सहकारी महासम्मेलनमा कसरी धेरै भन्दा धेरै मानिस उपस्थित गराउने भन्ने बारेमा आयोजकलाई समस्या परेको छ ।
महासम्मेलन शुरु हुने दिन चैत ११ गते दशरथ रंगाशालामा भेला हुने कार्यक्रम छ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले पहिलो दिन १ लाख सहकारीकर्मी उतार्ने भनी भाषण गर्दै हिडेका छन् । १ लाख मानिस उर्तान सहज नभएको एक सहकारीकर्मीले बताए । संघले विभिन्न विषयगत संघ, जिल्ला संघहरुलाई आफ्ना सदस्य संस्थालाई उपस्थित गराउन अनुरोध गरेको छ ।
प्लेकार्ड, व्यानर, झाँकी, संस्कृति झल्कने भेष भुषा, बाजा गाजा, संभाव भए आ– आफ्नो पोशाक, भेष्ट, क्याप, ज्याकेट सहित संचालक समिति, लेखा समिति, उपसमिति, सल्लाहकारहरु, सदस्य लगायत सहकारीका शुभेच्छुक समेत सहभागी गराउन अनुरोध गरेको छ ।
सम्मेलन नेपाल सरकार, सहकारी तथा गरीवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी विकास वोर्ड र सहकारी विभागको संयुक्त आयोजनामा हुन लागेको हो । अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष “डोम पाउलिन ग्रिन” लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरकारी तथा सहकारीस“ग सम्बद्ध निकायका ७ सय ५० भन्दा वढि प्रतिनिधिहरूको सहभागिता रहने आयोकको भनाइ छ ।
सम्मेलन सोल्टी होटलमा चैत्र ११, १२ र १३ गते सम्म चल्ने छ । पहिलो दिन ¥याली कुपण्डोल, माइतिघर, रत्नपार्क र टेकुबाट रंगाशालामा गएर सभामा परिणत हुने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार