नेपालका सहकारीकर्मी भारतको सहकारी बैंकको भ्रमण
काठमाडौं, ३ चैत । नेपालका विभिन्न १५ जिल्लाका सहकारीकर्मीहरुले भारतको हरियाणा राज्यको रीवाडी जिल्ला स्थित कृषि सहकारी र केन्द्रीय सहकारी बैंकको स्थलगत अध्ययन भ्रमण गरेका छन् । भ्रमणका क्रममा टोलीले हरियाणामा रहेको रेल संग्रहालय समेतको अवलोकन गरेको थियो ।
सहकारीकर्मीहरु प्रा.डा. डी. एन. यादवबाट सहकारी सिद्धान्त तथा मूल्य मान्यता, डा. दमन प्रकाशबाट सहकारी क्षेत्रमा विकसित हुँदै गएको विश्वव्यापी ट्रेण्ड र डा. एल के पन्तबाट सहकारी उद्यमशीलता विकास बिषयमा प्रशिक्षित समेत भएका छन् ।
त्यसैगरी भ्रमणका क्रममा डा. जी एस आजादले सहकारी तथा सहकारी संजालको सशक्तिकरण र डा. के जी वाखेदले भारतमा सहकारीता मार्फत ग्रामीण क्षेत्रको विकास बिषयको कार्यपत्र प्रस्तुत गरेका थिए । भ्रमण टोलीले कृषि सम्बन्धि प्रयोगात्मक ज्ञान हासिलका लागि कृषि विज्ञान संग्राहलय र इफ्कोको रसायनिक मल उत्पादन तथा बजार व्यवस्थापन सम्बन्धि स्थलगत भ्रमण पनि गरेका छन् ।
राष्ट्रिय सहकारी संघको आयोजना र ईण्डियन फारमर्स फर्टिलाईजर कोअपरेटिभ (ईफ्को) को निमन्त्रणामा ३५ सदस्यीय टोली त्यहाँ पुगेको थियो । सहकारी राष्ट्रिय सहकारी संघका संचालक रामचन्द्र उपे्रती नेतृत्वको सो टोलीमा बचत ऋण सहकारीका १५, बहुउद्देश्यीय सहकारीका ९, कृषि सहकारीका ७, उपभोक्ता, बिद्यूत र कफी सहकारीका एक एक र सहकारी पत्रकार समाजका एक पत्रकार सहभागीता रहेको थियो । टोली फागुन २७ गते भारत प्रस्थान गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार