७ वैशाख २०८३, सोमबार

ब्यावसायिक खेतीमा ‘बलम्बु च्याउ सहकारी’

२०७० फागुन २७, मङ्गलबार
ब्यावसायिक खेतीमा ‘बलम्बु च्याउ सहकारी’

सन्तोष तिमल्सिना/थानकोट

च्याउखेतीको विकास र व्यासायिकतालाई जोड दिंदै बलम्बु च्याउ सहकारी संस्थाले च्याखेती सम्बन्धी कायक्रमहरु संचालन गर्दै आएको छ । विगत ३ दशक देखी नै सामान्य रुपमा च्याउखेती गरी जीवन गुजारी रहेका काठमाडौको बलम्बु गाविका स्थानीय किसानहरुलाई ब्यावसायिक बनाई आय आर्जनमा बृद्धि गर्ने हेतुले बलम्बु च्याउ सहकारी संस्थाको स्थापना गरिएको हो । वि.स २०३७ सालदेखी नै सामान्यतया घरका छिंडी, दलान, खाली ठाँउहरु थोरै मात्रामा च्याउखेती गरी दैनिकी चलाउने बलम्बुका स्थानीय किसानहरु २०६५ मा संगठित भई च्याउ सहकारी संस्थाको स्थापना गरी सामुहिक भावनालाई आत्मसाथ गर्दै च्याउ उत्पादन गर्दै आएका छन् ।

च्याउ सहकारीको स्थापनासंगै यहाँका कृषकहरु अहिले परम्परागत छोड्दै व्यावसायिक च्याउखेती गर्न थालेका छन् । २०० जना भन्दा बढी व्यावसायिक च्याउखेती गर्ने कृषकहरु यस संस्थामा आवद्ध भई च्याउखेतीकै माधयमबाट आर्थिक उपार्जनमा सफलता हात पारिरहेका छन् । केही दशक अघि ५ किलो च्याउ बेच्न कठिन थियो । अहिले बलमबु च्याउ सहकारी संस्थाले भण्डै दैनिक २ हजार किलो च्याउ उत्पादन र संकलन गर्दै आएको छ । यस सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यहरुको व्यक्तित्व, ब्यावसायिक एवं आर्थिक र सामाजिक विकास गरी समग्र समुदायको विकासको लागि सहकारी अवधारणालाई आत्मसाथ गर्दै च्याउ सहकारी संस्थाको स्थापना गरिएको बलम्बु च्याउ सहकारी संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले बताउँछन् । ‘उत्पादनमुखी क्षेत्रमा सदस्यहरुलाई लगानी गर्दैै यहाँको प्रमुख कृषी उपजको रुपमा च्याउखेतीको विकास गरी गरीबि न्यूनिकरण र स्वरोजगार सृजना गर्न हामी सफल भएका छौं ।’ अध्यक्ष श्रेष्ठले भने ।

एक होईन सबै सवल बनौ भन्ने मूल नारा लिएर पश्चित काठमाडौंको बलम्बु गाविसको भास्तिपुरमा वि.स २०६५ साल चैत १ स्थापना भएको बलम्बु च्याउ सहकारी संस्थाले सबै सदस्यहरुलाई व्यावसायिक च्याउखेती तर्फ उत्प्रेरित गरी आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खल्दै आएको छ । स्थानीय श्रम, सिप र पूँजीको परिचालन गरी सदस्यहरुलाई उद्यमशिल बनाई व्यावसायिक च्याउखेतीमा संलग्न गराई उनीहरुको जीवनस्तरमा समेत सकरात्मक परिवर्तन गरिदिएको छ । बलम्बु च्याउ सहकारी संस्थाले काठमाडौं जिल्लाको पश्चिमी भेगका स्थानीय कृषकहरु ब्यावसायिक रुपमा संगठित गराई च्याउ खेतीको विकास, विस्तार, प्रवद्र्धन र बजारिकणका लागि प्रर्वधनात्मक कार्य गरी उनीहरुलाई स्वावलम्बी र आत्मनिर्भर बनाएको सहकारीकर्मी धु्रवराज कार्कीले जानकारी दिए ।

च्याउखेती निरन्तरता र गुणस्तरीय उत्पादनका लागि च्याउ केही प्रजातिहरु जस्तै कन्ये च्याउ, सिताके च्याउ, गोब्रे च्याउ र दुधे च्याउको अनुसन्धान गर्दै आईरहेको छ । च्याउखेती प्रति उत्सुक कृषकहरुका लागि सहकारीले कृषी सुपथ मुल्य पसल संचालन च्याउखेती सम्बन्धी कृषकहरुलाई आवश्यकीय कृषी समाग्रिहरु सुलभ दरमा बिक्रि गर्नुका साथै निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको छ । च्याउ खेतीको विकास, च्याउ खेती सम्बन्धी अध्ययन आुसन्धान र प्रविधिको विकास, व्यावसायिकताका साथै गुणस्तरीय उत्पादनका लागि संस्था अन्तर्गत कृषी तथा च्याउ विकासद्वारा च्याउ अनुसन्धान तथा तालिम केन्द्रको समेत स्थापना गरेको छ । भने अर्कातिर किसानहरुलाई कृषी तथा च्याउखेती सम्बन्धी जानकारी दिने हिसाबले सहकारी पुस्तकालयको पनि सथापना गरी संचालनमा ल्याएको संस्थाका प्रबनधक संचालक अमरदिप श्रेष्ठले जानकारी दिए । अन्य कृषी उपार्जन भन्दा छोटो समयमा नै च्याउको उत्पादन हुने भएकाले यस प्रति किसानहरुको आकर्षण बर्दै गएको र हाल ६३ जिल्लाका किसानहरुले संस्थको प्रत्यक्ष सम्पर्कमा रही च्याउ ब्यावसाय संचालन गरेको प्रबन्धक सिंहले बताए ।

अभिलेख

लोकप्रिय