जिल्लामा पहिलोपटक अण्डा उत्पादन गर्दै सहकारी
खोटाङ, २६ फागुन । अण्डा उत्पादनका लागि जिल्लामा पहिलोपटक सहकारीले लेयर्स जातको कुखुरापालन सुरु गरिएको छ । सदरमुकाम दिक्तेलस्थित कालिका कृषि सहकारी संस्था लिमिटेडले जिल्लामै पहिलोचोटी अण्डा उत्पादन गर्न कुखुरापालन सुरु गरेको हो ।
आगामी भदौ पहिलो सातादेखि अण्डा उत्पादन गर्ने योजना बनाएको संस्थाका अध्यक्ष सुवाष जोशीले जानकारी दिए । सहकारीको छ लाख ७० हजार र जिल्ला पशु सेवा कार्यालयमार्फत सरकारको पाँच लाख ६० हजार गरी १२ लाख ३० हजार रूपैयाँ लगानी भएको छ ।
नारायणघाटस्थित अविनाश ह्याचरीबाट प्रतिगोटा १५२ ले चल्ला खरिद गरिएको जोशीले बताए । यसबाहेक ढुवानीका लागि प्रतिगोटा २५ खर्च भएको छ । यातायात समस्याले जिल्लामा ताजा अण्डा उपभोग गर्न नपाएपछि अण्डा उत्पादनका लागि फर्म सञ्चालन गरिएको अध्यक्ष जोशीले बताए । उनका अनुसार दैनिक ९ सय अण्डा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार