काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघमा सापकोटा
काठमाण्डौ,२७ फागुन । काठमाडौ जिल्ला बहुउद्देश्यीय सहकारी संघको प्रारम्भिक साधारणसभाले तुलसी सापकोटालाई संघको अध्यक्षमा चयन गरेको छ । आइतबार भएको सभाले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिती पनि चयन गरेको छ ।
सो समितीको कार्यकाल ५ बर्षको हुने छ । यस्तै सभाले उपाध्यक्षमा गोपाल प्रसाद बराल, सचिव लक्ष्मी प्रसाद संग्रौला, कोषध्यक्ष शिवराज पोखेललाई चयन गरेको । सदस्य क्रमशः केशब प्रसाद पोखरेल, शंकर जी अधिकारी, संजिला श्रेष्ठ, महेश सुवेदी, महेश रिमाल, मनोज कुमार थापा, प्रवेश श्रेष्ठ, कमल बहादर थापा, मोहन विक्रम लामा चयन भएका छन् । त्यस्तै लेखा समिती संयोजकमा मनोज कुमार घिमिरे र सदस्यहरुमा क्रमश राज कुमार गिरी र अन्जुमायाँ श्रेष्ठ चयन भएका छन् ।
सो सभाको उद्घाटन राष्टिय सहकारी संघका अध्यक्ष केशब बडालले गरेका थिए । त्यस्तै सभामा राष्टिय सहकारी संघका सञ्चालक रबिन्द्र केसी केन्द्रीय उपभोक्ता सहकारीका अध्यक्ष टेक चौलागाई, नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघका सचिव खेम सुवेदी लगायतका सहकारी आन्दोलनका अगुवाहरुले बोलेका थिए । यस्तै सभामा संघका अध्यक्ष तुलसी सापकोटाले २२ बुद्धे प्रतिवद्धता पत्र समेत प्रस्तुत गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार